रामचन्द्र पौडेलको राजावादीलाई प्रश्न: तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ? « Khabarhub

रामचन्द्र पौडेलको राजावादीलाई प्रश्न: तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ?


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा ‘राजा आऊ देश बचाऊ’ को पक्षमा आवाज उठ्नुमा कम्युनिस्ट सरकार जिम्मेवार भएको आरोप लगाएका छन् ।

आज (सोमवार) काठमाडौंमा आयोजना गरिएको सरकारविरुद्धको प्रदर्शनपछि गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले राजतन्त्र पुनर्वहालीको माग गर्दै आन्दोलन गरिनुमा सरकार नै जिम्मेवार भएको बताएका हुन् ।

सम्बोधनका क्रममा नेता पौडेलले भने, ‘राजा आऊ देश बचाऊ भन्नेलाई प्रश्न गर्न चाहन्छु कि, तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ? कोत पर्व, भण्डार खाल पर्व गराउने राजा ल्याउने खोजेको हो कि ? माओवादी जन्माएर प्रजातन्त्रको हत्या गराउने राजा ल्याउन खोजेको हो?’

उनले सरकारका कारण जनतामा यस्तो प्रतिगामी सोच कसरी जन्मेको र कम्युनिस्ट सरकार नै जिम्मेवार हुनुपर्ने दाबी गरे ।

साथै, नेता पौडेलले यो सरकारले जनतामा सन्त्रास फैलाएको र जनतालाई आफ्नो ईशारामा चल्न बाध्य बनाएको समेत बताए । ‘समाजलाई आफ्नो कब्जामा राख्ने, सारा राज्यलाई आफ्नो कब्जामा राख्ने कोशिश गरिरहेको छ,’ नेता पौडेलले भने ।

उनले भ्रष्टाचार हेर्ने आयोग र निकायहरु जनताको भावनाका विपरीत सरकारको ईशारामा चलेको र भ्रष्टाचारमा मुछिएका ठूला माछालाई पक्राउ नगरिएको बताए ।

उनले राज्य कम्युनिस्ट नभएको बताउँदै भने, ‘सरकार कम्युनिस्ट पार्टीको होला तर राज्य कम्युनिस्ट होइन, तर कम्युनिस्टहरुले राज्यलाई कम्युनिस्टीकरणतिर लैजाने दुस्साहस गरेका छन् ।’

उनले जनताले पाँच वर्ष कम्युनिस्टलाई जिताएर पठाएकाले आफूहरु चुप लागेको तर सरकार प्रतिगमनतिर जान थाल्यो भने भने खबरदारी गर्ने बताए । उनले सरकारले सत्ताको घोर दुरुपयोग भएको आरोप समेत लगाए ।

‘यो सरकारले सत्ताको घोर दुरुपयोग गरिरहेको छ, भ्रष्टाचारको कथा त भनिसाध्य छैन, वाइडबडी, न्यारो बडी, गोकर्ण रिसोर्ट यी सबै मिडियाले छर्लङ्ग पारिसक्यो,’ उनले भने, ‘यो सरकार नालायक हो, भ्रष्टचारी हो भनेर सत्ताकै नेताहरुले भनिसके, हामीले भन्नै पर्दैन ।’

उनले ट्रान्सपरेन्सी इन्टरनेशनलले पनि सरकार भ्रष्ट भएको बताउँदै प्रधानमन्त्री कार्यालय नै सबैभन्दा बढी भ्रष्ट भएको बताए ।

नेता पौडेलले विगतमा सरकार चलाउँदा आफूहरुबाट पनि कमीकमजोरी भएको तर कम्युनिस्टले जस्तो नगरेको बताए । ‘हामीले पनि सरकार चलायौं, कांग्रेसका मान्छेबाट गल्ती भएको छैन, तर एउटा ख्याल गर्नुहोला, कांग्रेसले परेका गल्तीहरु आफैले कानून बनाएर आफै सजाय भोगेको पनि छ,’ उनले भने ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : १४ बजे

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका