रामचन्द्र पौडेलको राजावादीलाई प्रश्न: तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ? | Khabarhub Khabarhub

रामचन्द्र पौडेलको राजावादीलाई प्रश्न: तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ?


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा ‘राजा आऊ देश बचाऊ’ को पक्षमा आवाज उठ्नुमा कम्युनिस्ट सरकार जिम्मेवार भएको आरोप लगाएका छन् ।

आज (सोमवार) काठमाडौंमा आयोजना गरिएको सरकारविरुद्धको प्रदर्शनपछि गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले राजतन्त्र पुनर्वहालीको माग गर्दै आन्दोलन गरिनुमा सरकार नै जिम्मेवार भएको बताएका हुन् ।

सम्बोधनका क्रममा नेता पौडेलले भने, ‘राजा आऊ देश बचाऊ भन्नेलाई प्रश्न गर्न चाहन्छु कि, तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ? कोत पर्व, भण्डार खाल पर्व गराउने राजा ल्याउने खोजेको हो कि ? माओवादी जन्माएर प्रजातन्त्रको हत्या गराउने राजा ल्याउन खोजेको हो?’

उनले सरकारका कारण जनतामा यस्तो प्रतिगामी सोच कसरी जन्मेको र कम्युनिस्ट सरकार नै जिम्मेवार हुनुपर्ने दाबी गरे ।

साथै, नेता पौडेलले यो सरकारले जनतामा सन्त्रास फैलाएको र जनतालाई आफ्नो ईशारामा चल्न बाध्य बनाएको समेत बताए । ‘समाजलाई आफ्नो कब्जामा राख्ने, सारा राज्यलाई आफ्नो कब्जामा राख्ने कोशिश गरिरहेको छ,’ नेता पौडेलले भने ।

उनले भ्रष्टाचार हेर्ने आयोग र निकायहरु जनताको भावनाका विपरीत सरकारको ईशारामा चलेको र भ्रष्टाचारमा मुछिएका ठूला माछालाई पक्राउ नगरिएको बताए ।

उनले राज्य कम्युनिस्ट नभएको बताउँदै भने, ‘सरकार कम्युनिस्ट पार्टीको होला तर राज्य कम्युनिस्ट होइन, तर कम्युनिस्टहरुले राज्यलाई कम्युनिस्टीकरणतिर लैजाने दुस्साहस गरेका छन् ।’

उनले जनताले पाँच वर्ष कम्युनिस्टलाई जिताएर पठाएकाले आफूहरु चुप लागेको तर सरकार प्रतिगमनतिर जान थाल्यो भने भने खबरदारी गर्ने बताए । उनले सरकारले सत्ताको घोर दुरुपयोग भएको आरोप समेत लगाए ।

‘यो सरकारले सत्ताको घोर दुरुपयोग गरिरहेको छ, भ्रष्टाचारको कथा त भनिसाध्य छैन, वाइडबडी, न्यारो बडी, गोकर्ण रिसोर्ट यी सबै मिडियाले छर्लङ्ग पारिसक्यो,’ उनले भने, ‘यो सरकार नालायक हो, भ्रष्टचारी हो भनेर सत्ताकै नेताहरुले भनिसके, हामीले भन्नै पर्दैन ।’

उनले ट्रान्सपरेन्सी इन्टरनेशनलले पनि सरकार भ्रष्ट भएको बताउँदै प्रधानमन्त्री कार्यालय नै सबैभन्दा बढी भ्रष्ट भएको बताए ।

नेता पौडेलले विगतमा सरकार चलाउँदा आफूहरुबाट पनि कमीकमजोरी भएको तर कम्युनिस्टले जस्तो नगरेको बताए । ‘हामीले पनि सरकार चलायौं, कांग्रेसका मान्छेबाट गल्ती भएको छैन, तर एउटा ख्याल गर्नुहोला, कांग्रेसले परेका गल्तीहरु आफैले कानून बनाएर आफै सजाय भोगेको पनि छ,’ उनले भने ।

 

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ४ : १४ बजे

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान्

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार

वार्ताका क्रममा अपमानजनक व्यवहार भएको भन्दै निजी स्वास्थ्य संस्थाको आपत्ति 

काठमाडौं– निजी स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले नर्सहरूको तलब स्केल सम्बन्धी आन्दोलनका

जेन–जी आन्दोलनले अस्वस्थ स्वास्थ्य मन्त्रालय तंग्रिने तर्खरमा

विश्वका ठूला ठूला द्वन्द्वग्रस्त देशहरूमा भएका विभिन्न आक्रमणहरूमा स्वास्थ्य क्षेत्रमा

गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प

एजेन्सी–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इजरायलद्वारा गाजामा आक्रमण गरिएपछि