बैंकिङ कसुरका दोषी पोद्दार जेल चलान « Khabarhub

बैंकिङ कसुरका दोषी पोद्दार जेल चलान


२९ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक व्यक्ति जेल चलान भएका छन् ।

चेक अनादर मुद्दा (बैंकिङ कसुर) मा दोषी ठहर भई फरार रहेका काठमाडौँ महानगरपालिका–११ बबरमहल बस्ने ४८ वर्षीय अनिल पोद्दार आज जेल चलान भएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको कलङ्कीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकामा अदालतले आजै कारागार चलान गर्न आदेश जारी गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त निक्षेप छैन भन्ने जानीजानी काठमाडौँका नानीबाबु खरेललाई रु एक करोड ६३ लाखको चेक काटेर दिई फरार रहेका ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।

अदालतमा दायर भएको सो मुद्दामा चेक अनादर कसूर गरेको ठहर गरी काठमाडौँ जिल्ला अदालतले एक महिना कैद र रु तीन हजार जरिवानाको सजाय सुनाएको थियो । उनीबाट रु एक करोड ६३ लाख बिगो भराउने फैसलासमेत भएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार  ७ : ४८ बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४