गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन गल्छी गाउँपालिकाले दियो वालुवा « Khabarhub

गौतमबुद्ध क्रिकेट रंगशाला बनाउन गल्छी गाउँपालिकाले दियो वालुवा


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग पुर्‍याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ ।

समितिले धुर्मुस–सुन्तली फाउण्डेशनलाई जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रंगशालालाई धादिङको गल्छी गाउँपालिकाले उपलब्ध गराएको १०० टिपर वालुवा निःशुल्क ढुवानी गर्न लागेको हो ।

फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच मंगलबार सम्झौतासमेत भएको हो ।

समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि टिपर तथा ट्रक व्यवसायीले थोरै भएपनि सहयोग गर्न उक्त निर्णय गरेको जानकारी दिनुभयो । पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए ।

रंगशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको उनले जानकारी दिए ।

रंगशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । रंगशालाको विभिन्न कक्षलाई जिल्लाबाट नामकरण गरिएकोे छ । रंगशाला सम्पन्न गर्न रु दुई अर्ब ५० करोड खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ७ : ४९ बजे

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोले स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ