‘साङ्लो’ को गीत छायांकनमा निकितासँग विराजको रोमान्स « Khabarhub

‘साङ्लो’ को गीत छायांकनमा निकितासँग विराजको रोमान्स


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विराज भट्ट स्टारर फिल्म साङ्लोको यतिबेला चर्चा छ । माघ २४ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा विराजसँग पूर्व मिस नेपाल निकिता चण्डकको जोडी देख्न सकिनेछ ।

विराजले फिल्मको प्रचारमा खुलेर साथ दिइरहेका छन् । उनले फिल्म राम्रो बनाउन पनि कुनै कसर बाँकी राखेका छैनन् । ट्रेलर र गीतबाट फिल्मले राम्रो चर्चा बटुलेको छ ।

हालै फिल्मको नयाँ गीत छायांकन गरिएको छ । फिल्मको गीतका केही दृश्य राजधानीमा खिचिएको छ ।

सुरेश अधिकारीको संगीतमा तयार गीतको भिडियोमा विराज र डेब्यु अभिनेत्री निकिता चाण्डकलाई देख्न सकिनेछ । यसअघि ‘चरीले काफल टिप्यो’ बोलको गीतमा विराज र निकिताको जोडीलाई दर्शकले रुचाएका थिए ।

गीतमा अन्जु पन्त र निशान भट्टराईले आवाज दिएका छन् भने भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

विराज भट्ट आफैले निर्माण तथा निर्देशन गरेको यो फिल्ममा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारको पनि अभिनय छ ।

तस्वीरहरू: ज्ञानु राई

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ४४ बजे

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका विदेशमन्त्री सिनेटर पेनी वङबीच

एनएमबि बैंक साधारण शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने

काठमाडौं- एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरण योग्य