प्रहरीले माग्यो १ सय ४९ इन्सेपक्टर ५ सय ८४ असई « Khabarhub

प्रहरीले माग्यो १ सय ४९ इन्सेपक्टर ५ सय ८४ असई


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरील जनपद समूहतर्फ १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई) पदका लागि कर्मचारी माग गरेको छ ।

प्रहरीले प्रहरी निरीक्षकमा खुला ८०, अमर/अशक्त प्रहरी परिवार ३, महिला १३, जनजाति २१, मधेसी १८, दलित १० र पिछडिएको क्षेत्र ४ गरी १ सय ४९ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

यस्तै, प्रहरी सहायक निरीक्षक (असई)मा खुला ३ सय १५, अमर/अशक्त प्रहरी परिवार १२, महिला ५१, जनजाति ८२, मधेसी ७२, दलित ३९ र पिछडिएको क्षेत्र १३ गरी ५ सय ८४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरीले आह्वान गरेको पदमा यही माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन सकिने छ ।

प्रहरी आह्वान दरखास्त आह्वान गरेका पदका लागि काठमाडौंमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट आवेदन दिन सकिने छ । उपत्यका बाहिर १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, ३ नम्बर (बाग्मती) प्रदेश प्रहरी कार्यालय हेटौंडा, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट दरखास्त बुझाउन सकिने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  १२ : ३४ बजे

विद्युतको पोल पुग्यो, बलेन बत्ती

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको पहाडी क्षेत्रमा विद्युतका तार

एक्सन फिल्मले गर्लान् त रजगज ?

काठमाडौँ- बलिउड फिल्मलाई दक्षिण भारतीय फिल्महरूले छायाँमा पारेका छन् ।

आफ्नै कलहले थला परे प्रतिपक्ष, सदनमा कसले गर्ला सरकारलाई खबरदारी ?

काठमाडौँ- प्रतिनिधि सभामा कायम कुल २७५ सिटमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी

भोजपुर गोल्डकप : एपीएफ र भोजपुर सेमिफाइनलमा

भोजपुर– भोजपुर गोल्डकपअन्तर्गत सोमबार भएका दुई खेलमा एपीएफ र आयोजक

वीरगञ्ज भन्सारबाट नौ महिनामा एक खर्ब ७७ करोड राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को नौ महिनामा