सभामुख प्रकरणमा ओलीलाई अन्तिम ‘धक्का’ दिने तयारीमा प्रचण्ड ! | Khabarhub Khabarhub

सभामुख प्रकरणमा ओलीलाई अन्तिम ‘धक्का’ दिने तयारीमा प्रचण्ड !



काठमाडौं– सभामुख चयनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) भित्र ध्रुवीकरण बढेको छ ।

शीर्ष तहमा ध्रुवीकरण बढेसँगै नयाँ सभामुख चयनको विषय थप पेचिलो बनेको छ ।

पार्टीमा रहेका दुई अध्यक्षबीच बढेको असमझदारीको ‘कोपभाजन’ मा संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा परेको छ । सभामुख चयन नहुँदा बैठक बस्न सकिरहेको छैन । अब बैठक ६ गतेका लागि बोलाइएको छ । र, त्यसअघि नै सभामुख चयनमा देखिएको गतिरोध अन्त्य हुने नेकपाका महासचिव विष्णु पौडेलको दाबी छ ।

‘सभामुख चयनका विषयमा केही गतिरोध देखिएको छ’ महासचिव पौडेलले खबरहबसँग भने,‘तर, ६ गतेभित्रमा भने सभामुखबारे निर्णय भइसक्नेछ ।’

महासचिव पौडेलले संसदको आगामी बैठक अघि नै सभामुख चयनबारे निर्णय हुने दाबी गरेपछि परिस्थिति भने त्यस अनुरुप देखिएको छैन ।

नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डबीच आइतवार यता संवादहीनताको अवस्था बनेको छ ।

गत शनिवार नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ््फेलाई राजीनामा गराउने निर्णय भएको थियो । त्यसको भोलिपल्ट अर्थात आइतवार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली अर्का अध्यक्ष प्रचण्ड, उपसभामुख तुम्बाहाङ्फेबीच छलफल भएको थियो ।

उक्त छलफलमा उपसभामुख तुम्बाहाङ्फेले पदबाट राजीनामा नदिने चेतावनी दिएसँगै दुई अध्यक्षबीचको वार्तापनि रोकिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आवश्यकता पर्दा पार्टीका दुई अध्यक्षबीच संवाद हुने बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा भित्रको आन्तरिक समस्याका कारण संसदलाई बन्धक बनाउन नहुने बताएका छन् ।उनले नेकपाले नसके सभामुख आफूहरुले छान्ने बताए ।

‘नेकपाले संसद बन्धक बनाउन मिल्दैन। उहाँहरू मिल्दै नमिल्ने हो भने हामी संसद चलाइदिन्छौं,’ बुधबार मोरङमा पत्रकारहरूसँग देउवाले भने ।

फाइल तस्वीर

किन रोकियो संवाद ?

प्रधानमन्त्री केपी ओली नयाँ सभामुखमा सुवास नेम्वाङलाई ल्याउन चाहन्छन् भने प्रचण्ड अग्नी सापकोटालाई बनाउन खोजिरहेका छन् ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीको सदासयता भने उपसभामुख शिवमाया तुम्बाहाङ्फे तिर रहेको छ । जसका कारण नेकपामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा नगराउन बालुवाटार नै सक्रिय रहेको आरोप प्रचण्ड पक्षका नेताहरुले लगाएका छन् । प्रचण्ड निकटका एक जना स्थायी कमिटी सदस्य भन्छन्,‘यतिवेला बालुवाटार र शीतल निवासको कुरा मिलेको छ, राजीनामा गर्न लगाउने निर्णय भएपनि बालुवाटारबाट उपसभामुखलाई पर्ख भन्ने खालको कुरा आएको छ, जसका कारण केही समस्या देखिएको हो ।’

प्रधानमन्त्री ओली उपसभामुखलाई राजीनामा गर्न नलगाएर प्रचण्डलाई गलाउने पक्षमा रहेको पूर्व माओवादी पक्षको आकलन रहेको छ ।

प्रचण्ड निकटका नेता हरिबोल गजुरेलले कसैप्रति लक्षित नगरी प्रचण्डलाई गलाउने राजनीतिका रुपमा उपभामुखको अडान रहेको संकेत गरे ।

उनले भने,‘ अहिलेसम्म धकाउने र गलाउने राजनीति मात्र भयो । अब परिस्थिति ‘क्लाइमेक्स’मा पुग्यो । निर्णय ६ गतेसम्म हुनैपर्छ ।

त्यस्तै नेकपाका स्थायी समिति सदस्य मणि थापाले निकास निस्कन सकेन भने अप्रिय घटना हुने बताएका छन् । उनले भने,‘ निकास ननिस्के पार्टीमा अप्रिय अवस्था सिर्जना हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली यस सवालमा जानकार हुनुहुन्छ । प्रचण्ड आफ्नो अडान अर्थात अग्नि सापकोटा सभामुख बनाउनुपर्छ भन्ने विषयबाट पछि नहट्ने पक्का छ ।’

दुई अध्यक्षबीच बढेको असमझदारीले भने समस्या थप बढेको नेकपाका एक जना स्थायी कमिटी सदस्यले बताए ।

‘दुबै अध्यक्षले एकले अर्कालाई हेरिरहनु भएको छ’ एक जना स्थायी कमिटी सदस्यले भने,‘प्रचण्डको अध्यक्षतामा बसेको बैठकबाट निर्णय भएको उपसभामुखलाई राजीनामा गराउने निर्णयको कार्यान्वयन प्रचण्डले कसरी गराउँछन् भनेर ओली हेरिरहेका छन् भने प्रचण्डले पनि प्रधानमन्त्रीको अवको कदम कस्तो हुन्छ भनेर पर्खिरहनु भएको देखिन्छ ।’

प्रचण्ड निकटका नेता मणि थापाले पूर्व माओवादी पक्षले सभामुख लिने विषयमा प्रचण्ड कुनै पनि हालतमा पछि नहट्ने दाबी गरे ।
‘सभामुख प्रकरणमा अझै कुरा मिलिसकेको छैन’ उनले भने,‘पार्टी एकीकरणको स्प्रीट अनुसार पूर्व माओवादीपक्ष सभामुखबाट पछि हट्ने कुरा आउँदैन ।’

‘सभामुख चयनबारे अध्यक्ष प्रचण्डले कठोर कदम चाल्नु हुन्छ’ थापाले भने,‘उहाँ अहिले अर्का अध्यक्षसँग निर्णायक र अन्तिम धक्का दिने पक्षमा हुनुहुन्छ।’

पूर्व माओवादी पक्षले भने अमेरिकी सहयोग एमसीसी, सभामुख चयन लगायतका विषयले पार्टीलाई फुटको संघारमा नै पुर्‍याउन सक्ने आशंका व्यक्त गरेको छ ।

‘एमसीसी, सभामुख चयन लगायतका विषयले पार्टीमा थप समस्या देखिएको छ यो अविश्वासमा पुग्यो भने पार्टीमा दुर्घटना पनि हुनसक्छ’ पूर्व माओवादी खेमाका एक जना नेताले भने ।

दुई अध्यक्षबीच समस्या बढ्दै जाँदा प्रधानमन्त्री ओलीले संसद भंग गर्ने खतरा र पूर्व एमालेहरु एकै ठाउँमा उभिने अवस्था बन्ने तर्फ प्रचण्ड सचेत रहेको उनको भनाइ छ ।‘

अवस्था विग्रदैँ जाँदा संसदको विघटन र पूर्व एमालेहरु एक ठाउँमा आउने विषयमा प्रचण्ड सचेत हुनुहुन्छ’ उनले भने ।

प्रचण्डलाई माधव, झलनाथको साथ

गत साता नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बसेको बैठकपछि प्रचण्डलाई माधवन नेपाल झलनाथ, नेता गौतमले साथ दिने वचन दिएका कारण प्रचण्ड सभामुखको विषयमा कठोर बन्ने संकेत गरेका छन् । तर यसबाट भने अर्का अध्यक्ष ओली रिसाएका छन् ।

भैसेपाटी बैठकपछि ओलीले प्रचण्डमाथि संशय व्यक्त गरेको उनी निकट एक नेताले बताए । ‘प्रधानमन्त्रीले अहिले प्रचण्डको आगामी कदमबारे हेरिरहनु भएको छ ’ स्रोतले भन्यो ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार उपसभामुखले राजीनामा नदिएका कारण संवैधानिक संकट सिर्जना भएको छ

अध्यक्षद्वय मोर्चाबन्दीमा सक्रिय !

समस्या जटिल बनेपछि नेकपाका नेताहरु आन्तरिक भेटघाट र निकटस्थहरुसँगको संवादमा रहेका छन् । प्रधानमन्त्री ओली उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल लगायतसँग छलफलमा व्यस्त बन्द प्रचण्डपनि आफू निकटहरुसँगको छलफलमा जुटेका छन् ।

यसैबीचमा नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पछिल्लो समय देखिएको विवादको समाधानका लागि छलफलसमेत भएको छ । दुई नेताबीच सभामुख चयनका विषयमा सबै विकल्प खुला गर्दै छलफल गर्ने सहमति भएको स्रोतको भनाइ छ ।

संवैधानिक संकटको खतरा !

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले भने उपसभामुखले राजीनामा नदिएका कारण संवैधानिक संकट सिर्जना भएको बताएका छन् ।

उनले भने ‘संवैधानिक संकट उत्पन्न भयो, अब संवैधानिक अंगले नै निकास दिनुपर्छ । सर्वोच्चको निर्णय चाहियो । उपसभामुखले पनि निकास दिनुपर्छ । यो पार्टीको निर्देशनले मात्र समस्या समाधान हुँदैन ।’

नेकपाभित्र उपसभामुखको राजीनामाले गन्तव्यहीन यात्रा शुरु भएको उनको टिप्पणी गरे ।

उनले भने,‘अहिलेको राजनीतिक परिघटनाले संसद ‘डेडलक’ भयो । उपसभामुखले राजीनामा नदिइ सभामुखको उम्मेदवारी दिन मिल्दैन । सांसद भएकाहरु मात्र उम्मेदवार बन्न पाइन्छ । विश्वको अभ्यास हेर्दा सबैभन्दा ठूलो पार्टीले सभामुख पाउने चलन छ । यसमा पार्टीको निर्देशन र ह्वीप चल्दैन । यसले सिस्टमलाई नै असर गरेको छ । हामीलाई विश्वास छ, उपसभामुखले राजीनामा दिनुहुन्छ ।’

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ४ : ४९ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका