तस्वीरमा हेर्नुहोस्, राजधानीमा माघीको रौनक « Khabarhub

तस्वीरमा हेर्नुहोस्, राजधानीमा माघीको रौनक



काठमाडौं– आज माघे संक्रान्ति विभिन्न कार्यक्रम गर्दै मनाइएको छ ।

नेवार र अन्य समूदायले घ्यू, चाकु, तरुल लगायतका कन्दमुल खाएर आज माघे संक्रान्ति मनाएका छन् भने थारु समुदायले माघे संक्रान्तिलाई विशेष रुपले मनाएका छन् ।

थारु समुदायमा माघे संक्रान्तिलाई माघी भनिन्छ । अर्थात माघी थारु समुदायको नयाँ वर्षसमेत हो ।

माघ १ गतेदेखि उनीहरु बर्षभरीका नयाँ योजना बनाउने, नयाँ अगुवा छान्ने, आफूभन्दा ठूलाबाट आशिर्वाद लिने लगायतका काम गर्दछन् ।

थारु बस्तीमा माघीको बेग्लै रौनक छ । आफन्तहरुसँग बसेर खानपिन र नाचगान गर्दै रमाइलो गरी माघी मनाउन टाढा टाढाबाट मानिसहरु घर फर्किन्छन् ।

राजधानीमा बसोबास गरेका र काम विशेषले घर फर्किन नपाएकाहरुले भने बुधवार टुँडिखेलमा जम्मा भएर माघी मनाएका छन् । परम्परागत थारु पहिरनमा सजिएकाहरुको कार्यक्रममा विशेष चहलपहल थियो ।

हेरौं टुँडिखेलको रौनक

 

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ४ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया