ईपीएल क्रिकेटः गत सिजन ललितपुरबाट खेलेका सन्दीपले काठमाडौंबाट खेल्ने « Khabarhub

ईपीएल क्रिकेटः गत सिजन ललितपुरबाट खेलेका सन्दीपले काठमाडौंबाट खेल्ने


१ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – घरेलु क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने काठमाडौं किङ्स ११ बाट खेल्ने भएका छन् ।

बुधबार आयोजकले आफ्नो फेसबुक पेजमा सन्दीप काठमाडौं बाट खेल्ने घोषणा गरेको हो । सन्दीपले अघिल्लो बर्ष ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।

ललितपुरले खुल्ला गरेपछि उनलाई काठमाडौंले लिएको हो । अहिले अस्ट्रेलियाको बिग बास (बीबिएल) मा व्यस्त रहेका सन्दीपलाई काठमाडौंका प्रशिक्षक विनोद दासले टिममा लिएका हुन् ।

एभरेष्ट प्रिमियर लिग चैत १ देखि १५ सम्म किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ । यस सिजनमा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नाम चलेका खेलाडी ल्याउने ईपीएल आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार  ११ : ०० बजे

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर