ओलम्पिकलाई कोरोनाले असर नपार्ने जापानको प्रष्टोक्ति « Khabarhub

ओलम्पिकलाई कोरोनाले असर नपार्ने जापानको प्रष्टोक्ति


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानको टोकियोमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित नहुने जापानले प्रष्ट्याएको छ ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन सक्ने भएकाले प्रतिगोगिता भाँडिएको सूचना बाहिररहँदा जापानले ओलम्पिकलाई कोरोनाले कुनै असर नगर्ने जनाएको हो ।

ओलम्पिक प्रतियोगिता आयोजक समितिका अध्यक्ष योशिरो मोरीले भने, ‘कोरोना भाइरसको सङ्क्रमणको खतरा देखाएर यो ओलम्पिक प्रतियोगिता न त स्थगित हुन्छ, नत पछाडि नै सर्छ ’

जापानका पूर्वप्रधानमन्त्री समेत रहेका मोरीले प्रतियोगिताको तयारीका बारेमा छलफल गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको दुई दिनको छलफल सुरु भइसकेको जानकारी समेत दिए ।

जापानमा अहिलेसम्म कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ भने २ सय ४८ जना सङ्क्रमित भएका छन ।

हरेक चार चार वर्षमा हुने ओलम्पिक प्रतियोगिता आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुँदैछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : ०८ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा