क्याम्पसले छात्राहरुको भित्रि वस्त्र खोल्न लगाएपछि… « Khabarhub

क्याम्पसले छात्राहरुको भित्रि वस्त्र खोल्न लगाएपछि…


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धार्मिक मूल्य मान्यता र अन्धविश्वासका कारण विभिन्न घटना घट्ने गर्दछन् । यस्ता घटना कति आश्चर्य लाग्दा हुन्छन् भने केहि उदेक लाग्दा र केहि पुरातनवादी सोचका हुन्छन् ।

यस्तै घटना घटेको छ भारत गुजरातको एक क्याम्पसमा जहाँ छात्राहरुको महिनावारी भएनभएको जाँच गर्न उनीहरुको भित्रिवस्त्र अण्डवेर खोल्न लगाइएको छ ।

भारतको गुजरात राज्यमा रहेको क्याम्पसका छात्राहरुलाई उनीहरु महिनावारी भए नभएको जाँच गर्नका लागि अण्डवेर खोल्न लगाएको घटना सार्वजनिक भएको हो ।

गुजरातको भुज शहरमा रहेको श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एसएसजिआई) को छात्राबास प्रमुखले प्रिन्सिपलसँग केही छात्राहरुले महनावारी भएका बेला छात्राबासको धार्मिक परम्परा तोडेको गुनासो गरेका थिए ।

सो गुनासो पछि स्वामीनारायण संप्रदायको नियम अनुसार छात्राहरुलाई महनावारी भएको भए स्वतन्त्र रुपमा अगाडि आउन भनियो । स्वामीनारायण संप्रदायको नियम अनुसार महिनावारी भएका बेला महिलाहरु मन्दिर तथा भान्छामा जान पाउँदैनन् ।

महिनावारी भएको भनेर स्वतन्त्र रुपमा अगाडि नआएका छात्राहरुलाई अण्डरवेयर खोल्न लगाएर त्यसको निर्क्यौल गरिएको आरोप छ । सो क्याम्पसकी एक छात्राले भनेकी छन्, ‘फेब्रुअरी ११ मा होस्टर तथा क्याम्पसअघि हामीलाई एक–एक गरेर बाथरुपममा लगियो र अण्डरवेयर खोलेर हेरियो कि महिनावारी भएको छ वा छैन ।’

ती छात्राले भनिन्, ‘उनीहरुले हामीलाई छोएनन् र उनीहरुको कुराले हामी निकै भयभित भयौँ, आफ्नो कपडा खोलेर प्रमाण दिन बाध्य भयौँ ।’

घटनाले आफूहरुमा गहिरो मानसिक असर परेको र यो घटनाविरुद्ध कानूनी कारवाही हुनु पर्ने उनीहरुले बताएका छन् ।

विश्वविद्यालयकी कार्यकारी काउन्सिल सदस्य प्रवीण पिंडोरियाले छात्राहरुले होस्टेल छोडेमा मात्रै कानूनी कारवाही गर्न सक्ने बताएको छात्राहरुको भनाई छ ।

क्याम्पसकी प्रिन्सिपल रीताबेन, संयोजक अनिताबेन र स्कूलका प्रिन्सिपल दक्षाबेनले आफूहरुलाई भावुक बनाएर ब्ल्याकमेल (भयादोहन) गरेको छात्राहरुले बताएका छन् ।

उनीहरुले आफूहरुलाई बाध्य बनाएर यो घटनामा कुनै कानूनी कारवाही प्रक्रिया नगर्ने सम्बन्धी पत्र लेखाएको छात्राहरुको भनाई छ । स्वामीनारायण संप्रदायका अनुयायी एक छात्राका पिताले भनेका छन्, ‘नियममा मेरो पनि विश्वास छ तर छोरीहरुलाई यसरी प्रताडित गर्ने कुनै अधिकार छैन ।’

एक छात्राका अनुसार महिनावारी भएका छात्राहरुलाई छुट्टै राख्ने संस्थानको नियम छ । तर पछिल्लो दुई महिनासम्म त्यसका लागि कुनै पनि छात्राले नाम लेखाएका थिएनन् । उनीहरुको यो विरोधपछि क्याम्पस तथा होस्टेल प्रशासनले छात्राहरुमाथि दुर्व्यवहार गरेको हो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ०० बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको