शितलहरले मानिस मर्न छाडे यो आंकडा मात्र हैन अनुभूति पनि होः प्रधानमन्त्री ओली « Khabarhub

शितलहरले मानिस मर्न छाडे यो आंकडा मात्र हैन अनुभूति पनि होः प्रधानमन्त्री ओली

भोकमरी हटेको दावी


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा गरिवी भए पनि भोकमरी अन्त्य भएको दावी गरेका छन ।

दुई बर्षमा मानव विकास सूचाकांक, व्यवसाय गर्ने सहज बाताबरण , भोकमरीको अवस्था , शान्ति तथा कानूनी शासन भ्रष्टाचार निवारण, पर्यटकिय प्रतिस्पर्धा, लैंगिक समानता जस्ता विश्वव्यापी सूचकांकमा नेपालले उल्लेख्य सुधार गरेको प्रधानमन्त्रीले दावि गरेका छन ।

‘नेपालमा गरिवी अवश्य छ तर अव यहाँ कोही भोकै पर्दैन, कोही भोकले मर्दैन ।’ प्रधानमन्त्री ओलीले भने ।

पहिला सरकारका प्रतिबद्धता र उदेश्यबारे चर्चा गर्दा गफ गरेर हुन्छ भनेर हुँदै आएका आलोचना परिस्थिती र परिवेस अनुसार फेरिन थालेको उनले बताएका छन ।

‘यो एक बर्षदेखि एउटा थेगो जस्तै अंक र आंकडाले हुन्छ, ग्लोबल इन्डेक्सबाट हैन जनतामा इम्प्रेसन के छ बुझ भन्ने जस्ता कुराहरु सुनिन थालेको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता तर्क सुन्दा म बेलाबेलामा बिस्मित पनि हुन्छु ।’

सम्बोधनको सुरुवातबाटै कांग्रेसप्रति कटाक्ष गरेका प्रधानमन्त्री ओलीले यसपटक आफुले आंकडा मात्र हैन अनुभूति पनि लिएको आएको बताए ।

‘अंकमा हैन अनुभूती नै सही । इन्डेक्स हैन इम्प्रेसनकै कुरा गरौं न त । यो सरकार गठन हुनुअघि तराईमा शितलहर र हिमालमा जाडोले कठ्यांग्रिएर हरेक हिउँदमा दर्जनौं मानिसहरु मर्थे । विगत दुई बर्षयता जाडो वा शितलहरबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन ।’ ओलीले भने, ‘यो अंकमात्र हैन अनुभूति पनि हो ।’

भरखरै राष्ट्रिय सभाको चुनावको नतिजाले पनि जनतामा के अनुभूति छ भन्ने  जवाफ दिएको उनले दावी गरे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १२ : २८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।