प्रधानमन्त्री ओलीको नाम रहेको वेबसाइटमा अश्लील तस्वीर र भिडियो « Khabarhub

प्रधानमन्त्री ओलीको नाम रहेको वेबसाइटमा अश्लील तस्वीर र भिडियो


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकमा बलात्कार बढ्यो भन्दै केही समयअघि पोर्न साइटहरु बन्द गर्ने घोषणा गरी आलोचनाका पात्र बनेका प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा रहेको वेबसाइटमा अश्लील भिडियो आउँछ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, यो सत्य हो । प्रधानमन्त्री ओलीको नाममा रहेको साइट www.kpsharmaoli.com मा जाने जो कोही लज्जित हुनपुग्छ ।

यो साइटमा प्रधानमन्त्री ओलीबारेका जानकारी भन्दा पनि अश्लील भिडियोहरु देखा पर्छन् । डोमेनहरुबारे जानकारी दिने साइट www.whois.com का अनुसार चीनको सिचुआँ प्रान्तका एकजनाले आफ्नो नाममा उक्त डोमेन दर्ता गरी अश्लील भिडियो अपलोड गरेका हुन् ।

यद्यपि नेपालमा भने यो साइट खुल्दैन । साइट खोल्दा ‘सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको निर्देशानुसार साइट बन्द गरिएको’ भन्ने सूचना आउँछ । तर, कहिलेदेखि यो साइट बन्द छ भन्ने स्पष्ट छैन ।

ओलीको सचिवालयले आफ्नो डोमेन नवीकरण नगर्दा यस्तो हुन गएको बताइएको छ । हाल प्रधानमन्त्रीको सचिवालयले www.kpsharmaoli.com.np ठेगानामा नयाँ व्यक्तिगत साइट दर्ता गराएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  १ : २२ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको