कोरना संक्रमण फैलन सक्ने भन्दै नेपाली महावाणिज्य दूतावास हङकङका सबै सेवा डिजिटल प्रणालीमा « Khabarhub

कोरना संक्रमण फैलन सक्ने भन्दै नेपाली महावाणिज्य दूतावास हङकङका सबै सेवा डिजिटल प्रणालीमा


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महावाणिज्य दूतावास हङकङले सेवाग्राहीहरुलाई दिँदै आएको सम्पुर्ण सेवा तथा सूचनाहरु डिजिटल प्रणाली मार्फत दिने भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन यस्तो उपाय अपनाइएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ ।

आगामी फागुन ५ गतेबाट सेवाग्राहीहरुलाई दिँदै आएको सम्पूर्ण सेवा तथा सूचनाहरु डिजिटल प्रणाली ‘ई प्रणाली’मार्फत प्रदान गर्ने उसले जनाएको हो ।

भिषा, पासपोर्ट लगायतका विभिन्न सेवा प्रदान गर्ने क्रममा विभिन्न देशका विभिन्न क्षेत्रबाट आएका सेवाग्राहीहरुको भीड लाग्दा भाइरस संक्रमण हुन सक्ने भन्दै यस्तो व्यवस्था गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका अनुसार कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न दूतावासले दिँदै आएको प्रत्यक्ष सेवा र सूचना आदिलाई अर्को सूचना जारी नभएसम्मका लागि डिजिटल प्रणालीमार्फत सेवा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

महावाणिज्य दूतावासले फेसबुक पेजमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्न मुख्यभूमि चीनबाट हङकङ प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुलाई अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा राखिने नियम हङकङ सरकारले गत ८ फेब्रुअरीबाट लागू गर्ने भन्ने सूचना प्राप्त भएकापश्चात त्यसको जानकारी महावाणिज्य दूतावासमार्फत सेवा लिने सेवाग्राहीहरुलाई जानकारी गराउनु परेको बताएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : ३५ बजे

इरफान शुक्कुरको कप्तानीमा बंगलादेश ‘ए’ टोली घोषणा, अगस्ट २२ मा नेपालसँग प्रतिस्पर्धा

काठमाडौँ – अस्ट्रेलियामा आयोजना हुने ‘टप एन्ड टी–२० सिरिज’का लागि

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६