कोरना संक्रमण फैलन सक्ने भन्दै नेपाली महावाणिज्य दूतावास हङकङका सबै सेवा डिजिटल प्रणालीमा | Khabarhub Khabarhub

कोरना संक्रमण फैलन सक्ने भन्दै नेपाली महावाणिज्य दूतावास हङकङका सबै सेवा डिजिटल प्रणालीमा


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली महावाणिज्य दूतावास हङकङले सेवाग्राहीहरुलाई दिँदै आएको सम्पुर्ण सेवा तथा सूचनाहरु डिजिटल प्रणाली मार्फत दिने भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट जोगिन यस्तो उपाय अपनाइएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ ।

आगामी फागुन ५ गतेबाट सेवाग्राहीहरुलाई दिँदै आएको सम्पूर्ण सेवा तथा सूचनाहरु डिजिटल प्रणाली ‘ई प्रणाली’मार्फत प्रदान गर्ने उसले जनाएको हो ।

भिषा, पासपोर्ट लगायतका विभिन्न सेवा प्रदान गर्ने क्रममा विभिन्न देशका विभिन्न क्षेत्रबाट आएका सेवाग्राहीहरुको भीड लाग्दा भाइरस संक्रमण हुन सक्ने भन्दै यस्तो व्यवस्था गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

महावाणिज्य दूतावासका अनुसार कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न दूतावासले दिँदै आएको प्रत्यक्ष सेवा र सूचना आदिलाई अर्को सूचना जारी नभएसम्मका लागि डिजिटल प्रणालीमार्फत सेवा प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

महावाणिज्य दूतावासले फेसबुक पेजमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रण गर्न मुख्यभूमि चीनबाट हङकङ प्रवेश गर्ने सम्पूर्ण यात्रुहरुलाई अनिवार्य रुपमा १४ दिने क्वारेन्टाइनमा राखिने नियम हङकङ सरकारले गत ८ फेब्रुअरीबाट लागू गर्ने भन्ने सूचना प्राप्त भएकापश्चात त्यसको जानकारी महावाणिज्य दूतावासमार्फत सेवा लिने सेवाग्राहीहरुलाई जानकारी गराउनु परेको बताएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ७ : ३५ बजे

मकवानपुर सेनवंश र कोशीसँगको साइनो

श्री ५ पृथ्वीनारायण शाहले वर्तमान नेपालको रुप सं. १८२५ मा

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका