विप्लवका गोरखा सेक्रेटरीसहित दुई जना पक्राउ « Khabarhub

विप्लवका गोरखा सेक्रेटरीसहित दुई जना पक्राउ


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुई जना पक्राउ परेका छन् ।

दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केही समयदेखि गोरखामा विप्लव समूहको जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली (दिनेश) र गण्डकी गाउँपालिका ४ ढावे स्थायी घर भई सो समूहका जिल्ला सदस्य तथा गण्डकी गाउँपालिका इञ्चार्जको जिम्मेवारी सम्हालेका कृष्ण पन्तलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

शहीद लखन गाउँपालिका ६ घैरुङमा जनयुद्ध दिवस मनाएर फर्कदै गरेको अवस्थामा शुक्रबार पृथ्वी राजमार्गको मुग्लिन आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लामो समयदेखि खोजीको सूचीमा रहेका उनीहरूलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए ।

उनीहरूको साथबाट सो समूहको राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद प्याड, संकलित चन्दा नगद ३२ हजार, मोबाइल तीन थान र सिमकार्ड बरामद गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया