विप्लवका गोरखा सेक्रेटरीसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

विप्लवका गोरखा सेक्रेटरीसहित दुई जना पक्राउ


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुई जना पक्राउ परेका छन् ।

दाङको तुल्सीपुर उपमहानगरपालिका ५ स्थायी घर भई केही समयदेखि गोरखामा विप्लव समूहको जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली (दिनेश) र गण्डकी गाउँपालिका ४ ढावे स्थायी घर भई सो समूहका जिल्ला सदस्य तथा गण्डकी गाउँपालिका इञ्चार्जको जिम्मेवारी सम्हालेका कृष्ण पन्तलाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।

शहीद लखन गाउँपालिका ६ घैरुङमा जनयुद्ध दिवस मनाएर फर्कदै गरेको अवस्थामा शुक्रबार पृथ्वी राजमार्गको मुग्लिन आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लामो समयदेखि खोजीको सूचीमा रहेका उनीहरूलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले बताए ।

उनीहरूको साथबाट सो समूहको राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद प्याड, संकलित चन्दा नगद ३२ हजार, मोबाइल तीन थान र सिमकार्ड बरामद गरी अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : ३५ बजे

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड