प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ : मुख्यमन्त्री पोखरेल « Khabarhub

प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ : मुख्यमन्त्री पोखरेल


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– मुख्यमन्त्री शङ्कर पोखरेलले थुप्रै चुनौतीको सामना गर्दै प्रदेश योजनाबद्ध विकासको यात्रामा अघि बढेको बताएका छन् । उनले आवधिक योजना निर्माण र कानून निर्माणमा प्रदेश नं ५ पहिलो भएको यस प्रदेशको विकास र समृद्धि सबैको साथबाट सम्भव रहेको बताए ।

प्रदेश स्थापनाको दुई वर्ष पूरा भएको अवसरमा प्रदेश प्रमुख धर्मनाथ यादवको प्रमुख आतिथ्यतामा शनिवार बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दैमुख्यमन्त्री पोखरेलले दुई वर्षमा प्रदेश सरकारले आफ्नो महत्वपूर्ण उपस्थितिको जग स्थापना गरेको बताए ।

उनले तीन तहको निर्वाचनपश्चात शून्य संरचनामा स्थापित प्रदेश सरकारले स्थापनाको छोटो समयमै सबैले सुन्ने र देख्ने गरी कार्यान्वयन गर्न सफल भएको बताए । उनले भने, “प्रदेश अब सुन्ने मात्र हैन, देखिने अवस्थामा पुगेको छ । जिल्लामा प्रदेश सरकारका मन्त्री र सचिव जाँदा शिलान्यास हैन उद्घाटन गर्ने अवस्थाको सिर्जना भएको छ ।”

उनले प्रदेश सरकार अन्तरराष्ट्रिय सम्बन्धको विकासका लागि प्रदेश र प्रदेशअन्तर्गतका विभिन्न स्थानीय तहले मित्रराष्ट्रका विभिन्न प्रान्त र शहरसँग भगिनी सम्बन्ध स्थापना हुनुले अन्तरराष्ट्रियस्तरमा प्रदेश र स्थानीय तह स्थापित हुन सफल भएको बताए ।

मुख्यमन्त्री पोखरेलले पर्यटनको विकास प्रदेशको विकासको एक महत्वपूर्ण क्षेत्र रहको बताउँदै पर्यटनको विकासका लागि सामाजिक, सांस्कृतिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्विकलगायत क्षेत्रको पहिचान गरी एकीकृत विकासमा सरकारले जोड दिएको बताए । उनले लुम्बिनी र यससँग जोडिएका सम्पदाको विकास, प्रवद्र्धनका लागि प्रदेश सरकारले यस वर्षलाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाइरहेको उल्लेख गरे ।

उनले प्रदेश सरकार जनतालाई स्वास्थ्य सेवामा सबैको सरल र सहज पहुँचका लागि प्रदेशका स्वास्थ्य संस्थालाई सुदृढ बनाउने कार्यको थालनी भएको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ८ : २० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले