जापानका रोसुकीले जिते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि « Khabarhub

जापानका रोसुकीले जिते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा शनिवार सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशीरोसुकीले जितेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुईघण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उनी च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरे ।

१३औँ सागमा स्वर्ण विजेतासशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाए ।

दुई घण्टा २८ मिनेट ८ सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीयबनेका उनले रु एक लाख पुरस्कार प्राप्त गरे ।

गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरीक्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरी रु ७५ र रु १५ हजार पुरस्कार पाए ।

उपाधि विजेता ताकानाशीले जापानको कोमागानेशहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताए ।

पोखरा शहर र कोमागानेबीच मितेरीसम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उनले आगामी दिनमा समेत आफूलगायतका धावकहरु म्याराथनमासहभागी बन्ने जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : २२ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल