जापानका रोसुकीले जिते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि « Khabarhub

जापानका रोसुकीले जिते ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि


३ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा शनिवार सम्पन्न भएको १४औँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि जापानका ताकानाशीरोसुकीले जितेका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु भएको म्याराथन निर्धारित दूरी दुईघण्टा २६ मिनेट ५१ सेकेण्डमा पूरा गरी उनी च्याम्पियन बनेर उपाधिसहित रु दुई लाख पुरस्कार प्राप्त गरे ।

१३औँ सागमा स्वर्ण विजेतासशस्त्र प्रहरीका किरण बोगटीले दोस्रो स्थानमा चित्त बुझाए ।

दुई घण्टा २८ मिनेट ८ सेकेण्ड समयमा निर्धारित दूरी पार गरी द्वितीयबनेका उनले रु एक लाख पुरस्कार प्राप्त गरे ।

गण्डकी प्रदेशका अनिष थापामगरले दुई घण्टा २९ मिनेट तथा सशस्त्र प्रहरीका गणेश सिंह ठकुरीले दुई घण्टा ४१ मिनेटमा दौड पूरा गरीक्रमशः तेस्रो र सान्त्वना स्थान हासिल गरी रु ७५ र रु १५ हजार पुरस्कार पाए ।

उपाधि विजेता ताकानाशीले जापानको कोमागानेशहरबाट पहिलो पटक पोखरामा सहभागी भएर म्याराथनको उपाधि जित्दा खुशी भएको बताए ।

पोखरा शहर र कोमागानेबीच मितेरीसम्बन्ध गाँसिएपछि दुवै शहरबीचको सम्बन्ध प्रगाढ बनेको चर्चा गर्दै उनले आगामी दिनमा समेत आफूलगायतका धावकहरु म्याराथनमासहभागी बन्ने जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार  ९ : २२ बजे

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको