पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान « Khabarhub

पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघ-गर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै आइतबार विहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

विभागले देशका पहाडी भू-भागहरूमा मेघगर्जन, चट्यांङसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन समेत गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०२ गते (आइतबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्यांङसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

चैत्र ०३ गते (सोमबार)

दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०४ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : १७ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार