नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ « Khabarhub

नदीको पानी पवित्र बनाउन भन्दै पूजापाठ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- कैलाश मानसरोवरबाट बग्ने पवित्र महाकाली नदीलाई दूषित बनाउन नहुने भन्दै यहाँका महिलाले पूजापाठ गरेका छन् ।

अन्तरराष्ट्रिय विश्व नदी दिवसको अवसर पारी जिल्लाको व्याँसबाट लेकम गाउँपालिकाको लालीसम्मका महिलाले सो नदीलाई पवित्र बनाइ राख्न माग गर्दै पानीको शनिबार विशेष पूजापाठ गरेका हुन् ।

दक्षिण एशियाली अन्तरदेशीय सीमा नदीको पानीको सामुदायिक सदुपयोग परियोजना (टोसा) अन्तर्गत यहाँ गठन गरिएका महिला समूहले एकसाथ पूजा गरेर सो दिवस मनाएका हुन् ।

व्याँस गाउँपालिका–५ को तिग्रम, महाकाली नगरपालिका–१ श्रीबगड, वडा नं ८ को दत्तु, उडै तथा चुच्चै, मालिकार्जुन गाउँपालिकाको वडा नं ७ जौलजीवी तथा लेकम गाउँपालिकाको वडा नं ३ राडमा गठन गरिएका महिला समूह सो कार्यमा सहभागी रहेका थिए ।

पछिल्लो समय पवित्र नदी दूषित हुँदै गएको भन्दै नदीलाई स्वच्छ राख्नुपर्ने सन्देश दिन पूजापाठ गरिएको ६० वर्षीया लीला सामन्तले जानकारी दिए ।

“हामी पुर्खौदेखि यही महाकाली नदीलाई पवित्र तीर्थस्थल मानेर पूजापाठ गर्छौँ”, उनले भने, “तर अहिले आएर दिनहुँ नदीमा फोहर फाल्ने, ढल मिसाउने, दिसा मिसाउने तथा बजार क्षेत्रको फोहर नदीमा विर्सजन गर्दा नदीको पवित्रता ह्रास हुँदै गएको छ ।”

सगरमाथा महिला सशक्तीकरण समूहका अध्यक्ष पुष्पा धामी नदी तटिय क्षेत्रका नागरिकले खानेपानीको रुपमा नदीको पानी पिउनुपर्ने बाध्यता रहेको हुँदानदी सफाइमा सबैले लाग्नुपर्ने बताउँछन् ।

इतिहासका जानकार मदन गिरीले भने, “कैलाश मानसरोवर भएर बग्ने महाकाली नदीमा स्नान गर्ने हो भने अन्य गङ्गामा स्नान गर्नुको अर्थ छैन । नदीको पवित्रता र महत्व उतिबेलै स्कन्दपुराणमा उल्लेख गरिएको छ ।”

जिल्लामा सो परियोजना लागू भएपछि सो नदीको महत्व र सरसफाइका बारेमा पैरवी हुन थालेको हो । सङ्कल्पका कार्यक्रम संयोजक नारायण जोशी कार्यक्रममार्फत नदीको प्रभावकारिता र महत्वबारे महिला समूहलाई जानकारी गराइएपछि अहिले आएर नदीको पानीको पूजा गरिन लागेको बताए ।

“नदीबाट के फाइदा लिन सकिन्छ, नदीको महत्व र उपयोगका बारेमा अहिले समूहमा छलफल गराउने गरेका छौँ”, सामाजिक परिचालक चन्द्रा सामन्तले भने, “नदीलाई प्रदूषित हुन नदिन अहिले ग्रामीण क्षेत्रका महिला सक्रिय भएका छन् ।”

नदी प्रभावित क्षेत्रमा विभिन्न किसिमका सशक्तीकरण गर्दै जलवायु परिवर्तनमा महिलाले कसरी जुध्ने र वातावरण सन्तुलन राख्न सकिन्छ भन्ने विषयमा छलफल गर्न थालिएको परियोजना संयोजक जोशीले जानकारी दिए।

कार्यकारी निर्देशक नारायण जोशीले भौगोलिक दृष्टिकोणबाट सङ्कटासन्न बस्तीमा पनि परियोजना प्रभावकारी हुने र यो क्षेत्र नै कार्यक्रमको प्राथमिकतामा परेको जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : २५ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै