भारतका सबै क्रिकेट प्रतियोगिता तत्काललाई स्थगीत | Khabarhub Khabarhub

भारतका सबै क्रिकेट प्रतियोगिता तत्काललाई स्थगीत


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगीत भएका छन् ।

विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगीत भइरहँदा भारतले सबै घरेलु प्रतियोगिता स्थगीत गर्ने निर्णय गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले जनाएको छ ।

यसअघि दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय खेल रद्व गरिसकेको भारतले सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगीत गरेको हो ।

रणजी च्याम्पियन र भारतसंग हुने भनिएको ईरानी कप समेत तत्कालका लागि स्थगीत गरिएको छ । ईरानी कपसंगै सिनियर महिला एकदिवसीय नकआउट, विज्जी ट्रफी, सिनियर महिला एक दिवसीय च्यालेन्जर, महिला अन्डर–१९ एकदिवसीय नकआउट, महिला एकदिवसीय अन्डर–१९ स्थगीत भएका छन् ।

यस्तै टी–२० लिग, सपुर लिग र नकआउट, महिला अन्डर–१९ टी २० च्यालेन्जर ट्रफी, महिला अन्डर–२३ नकआउट, महिला अन्डर–२३ एकदिवसीय च्यालेन्जर जस्ता प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगीत गरिएका छन् ।

कोरोनाको प्रभावलाई हेरेर सबै घरेलु प्रतियोगिता अर्को सुचना जारी नभएसम्मका लागि स्थगीत गरिएको बीसीसीआईले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ९ : ५१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार