लाइसेन्सबिना चलाउन मिल्ने कार बजारमा « Khabarhub

लाइसेन्सबिना चलाउन मिल्ने कार बजारमा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  –  लाइसेन्सबिना पनि चलाउन मिल्ने कार सार्वजनिक भएको छ ।

सिट्रोएना कम्पनीले सार्वजनिक गरेको छोटो इलेक्ट्रिक कार एमी फ्रान्सका बजारमा उपलब्ध हुन थालेको छ । यसलाई छिट्टै विश्व बजारभर विस्तार गरिने सिट्रोएनाले जनाएको छ ।

एमी मात्रै २.४१ मिटर अर्थात ७ फिट ११ इन्च लामो रहेको छ । कम्पनीले यसलाई कार नभनी क्वाडसाइकल भएको बताएको छ । यो कार नभएकाले यसलाई बच्चाहरुले पनि चलाउन सक्नेछन् ।

कम्पनीले यस क्वाडसाईकललाई चलाउन कुनै पनि प्रकारको लाईसेन्सको आवश्यकता नरहेको र यसलाई १४ वर्षदेखि १६ वर्षसम्मका बच्चाहरुले पनि चलाउन सक्ने दावी गरेको छ ।

६ हजार यूरो मूल्य राखिएको यो कारका लागि २ हजार ६४४ युरो शुरुवाती भुक्तान गरिसकेपछि १९.९९ डलर प्रति महिना किस्ता तिर्ने गरी लान सक्नेछन् ।

कम्पनिका अनुसार यो कार ४५ किलोमिटर प्रति घन्टाको गतिमा कुद्न सक्दछ । तर एक पटक चार्ज गरेपछि ७० किलोमिटर भन्दा बढीको दूरी भन्दा बढी भने नगुड्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : १७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको