पूर्वमिस नेपाल उषा खड्गी ‘डिभोर्स’को तयारीमा « Khabarhub

पूर्वमिस नेपाल उषा खड्गी ‘डिभोर्स’को तयारीमा


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वमिस नेपाल उषा खड्की र जिपी तिमिल्सिना अलग्गिएका छन् । सन् २००० की मिस नेपाल उषा र सञ्चारकर्मी जिपी तिमिल्सिनाको सम्बन्धमा केही वर्षयता दरार आएको थियो ।

उषाले आफू शारीरिक र मानसिक रुपमा दुर्व्यवहारमा परेर एकसाथ बस्न नसक्ने उल्लेख गर्दै ‘नाइँ’ भनेको बताएकी छिन् ।

लामो समयदेखि परिवारमा खटपट परे पनि मिडियामा डिभोर्स हुन लागेको हल्लापछि यी दुईले आफूहरुले डिभोर्स गर्न नखोजेको दाबी गर्दै आएका थिए । अब भने उषाले आफू कानूनी रुपमा अलग हुने निर्णय गरेको बताएकी छिन् ।

उषाले आफ्नो आधिकारिक फेसबूकमा एक स्टाटस लेख्दै भनेकी छिन्, ‘यदि तपाईं बिहेको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन आधार छैन, अब म ‘नो’ भन्छु ।’

उनले अब सन्तानको अधिकारका लागि लड्ने पनि बताएकी छिन् ।

जिपी र उषाले प्रेमविवाह गरेका थिए । झण्डै १७ वर्ष साथै बसेपछि यी दुईले छुट्टिने निर्णय गरेका हुन् ।

साथै उषाले एक अन्तर्वार्ताका २ क्लिप पनि सार्वजनिक गरेकी छिन् । उक्त क्लिपमा उषा बोल्दाबोल्दै भक्कानिन्छिन् ।

उषाले शनिवार यो कुराको जानकारी गराए पनि कानूनी डिभोर्स हुन बाँकी रहेको बताएकी छिन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ११ : ४० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको