काठमाडौं – नायिका आँचल शर्मा र उदिप श्रेष्ठको बिहेको भव्य पार्टी दिइएको छ । यो जोडीले शनिवार राजधानीको हायात होटलमा पार्टीको आयोजना गरिएको थियो ।
आँचल र उदिपले फागुन २९ मा बिहे गरेका थिए । हायात होटलमा आँचल र उदिप हेलिकप्टरबाट पुगेका थिए ।

बिहेको पार्टीमा चर्चित सेलिब्रेटीको उपस्थिति थियो । पार्टीमा हरिवंश आचार्य, प्रदीप भट्टराई, दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा शिवाकोटी, रेखा थापा, वर्षा राउत, सञ्जोग कोइराला, बसुन्धरा भुसाल, केकी अधिकारी, रीमा विश्वकर्मा, निती शाह, पुष्प खड्का लगायत सेलिब्रेटी उपस्थित थिए ।
आँचलले बिहे भोजमा लगाएको लेहेङ्गाको पनि चर्चा चलेको थियो । यो लेहेंगा १६ केजीको भएको र १६ लाख परेको बताइएको छ । आँचललाई उक्त लेहेंगामा खुबै सुहाएको थियो ।

हिन्दू संस्कृतिअनुसार यी दुईले बिहे गरेका थिए । आँचल हेलिकप्टरबाट झर्दा उदिपले उनको हात समाएका थिए ।
आँचल र उदिपलाई सेलिब्रेटी र फ्यानले बिहेको शुभकामना दिएका छन् ।

झण्डै एक वर्ष प्रेमसम्बन्धमा रहेर आँचल र उदिप विवाह बन्धनमा बाँधिएका हुन् ।
तस्वीरहरु: मेरोफिल्म डटकम













प्रतिक्रिया