रोनाल्डोले आफ्ना होटेललाई अस्पताल बनाउने, बिरामीको खर्च पनि आफैं व्यहोर्ने « Khabarhub

रोनाल्डोले आफ्ना होटेललाई अस्पताल बनाउने, बिरामीको खर्च पनि आफैं व्यहोर्ने


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लिस्बन– पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूले स्थापना गरेका होटेललाई कोरोना भाइरसविरुद्ध लड्नका लागि अस्पतालमा परिणत गर्ने भएका छन् ।

कोरोना विरुद्धको लडाईंमा सहयोग गर्नका लागि रोनाल्डोले पोर्चुगलमा आफूले स्थापना गरेका होटेलहरुलाई अस्पतालमा परिणत गर्ने घोषणा गरेको स्पेनी खेलकुद अखबार मार्काले जनाएको छ ।

सीआर ७ होटेलहरु अस्पतालमा परिणत गरेपछि त्यहाँ निशुल्क उपचार गर्न सकिने जनाइएको छ ।

त्यसको सम्पूर्ण शुल्क रोनाल्डोले व्यहोर्नेछन् । केही दिनअघिमात्र सामाजिक सञ्जालमा सूचना जारी गर्दै ‘सबै स्वार्थबाट माथि उठेर हामीले हाम्रो जीवन बचाउनु पर्छ,’ भनेका थिए ।

उनी आफैं अहिले पोर्चुगलको मेडेइरा टापुमा क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १२ : ५१ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको