पाल्पामा आरन संरक्षण गरिँदै « Khabarhub

पाल्पामा आरन संरक्षण गरिँदै


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न थालिएको छ ।

यसको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ ले विश्वकर्मा समुदायको चिनारीको व्यवसाय समुदायबाटै लोप हुन थालेपछि संरक्षण गर्न सहयोग गर्न थालेको छ ।

वडा कार्यालयले आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै जस्तापाता, पङ्खा जस्ता विभिन्न सहयोग गत वर्षदेखिनै गरेको वडा सदस्य पार्वती परियारले बताए ।

वडामा करिब आधा दर्जन आरन व्यवसायी छन् । आरन व्यवसायलाई जोगाउन जस्तापाता र पङ्खा पाएपछि काममा हौसला बढेको सिन्दुरटार बस्ने ६४ वर्षीय मनबहादुर विकले बताए ।

“आर्थिक अभावमा आरनको छानो छाउन सकिएको थिएन, वडाले छानो छाउन जस्तापाता र पङ्खा उपलब्ध गराएपछि काम गर्न सहज भएको छ”, विकले भने । उनले जीवनको ५७ वर्षको समय आरन व्यवसायमा बिताएका छन् ।

अहिलेसम्म व्यवसायका लागि कोही कसैबाट सहयोग पाएका थिएनन् । सहयोगपछि व्यवस्थित तरिकाले व्यवसाय चलाउने उनी बताउँछन् ।

यो कामले १५ जनाको परिवारपालनमा सहयोग पुगेको छ । मौलाथरका युवा सुरेन्द्र कामी विसं २०५४ देखि गाउँमा सबैले छाड्दै गएको आरन व्यवसाय जोगाउन दुःखसुखले चलाउँदै आएको बताए ।

“पेशा जोगाउन जेनतेनले चलाएका थिए, जनप्रतिनिधि आएपछि पुरानो व्यवसायलाई जोगाउन सहयोग गर्नुभएको छ, असाध्यै खुशी लागेको छ”, उनले भने । यही व्यवसायबाट सात जनाको परिवारको गुजारा चलेको उनको भनाइ छ ।

गामपोखरा बस्ने कृष्णकुमारी कामी हातले कुदेर कलात्मक रुप दिइ गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हसियालगायतका विभिन्न सामग्री बनाउने गरेका छन् ।

यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको हो ।

पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडाध्यक्ष एकबहादुर नेपाली बताउँछन् ।

“युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा व्यवसाय हराउँदै गएकोले यसको संरक्षणमा वडा कार्यालय लागेको छ”, अध्यक्ष नेपालीले भने । दश वर्ष पहिले यस क्षेत्रमा ५० बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने थारैले मात्र यो व्यवसाय चलाएको पाइन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ५४ बजे

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित

परम्परागत सीप संरक्षणमा हेटौँडा उपमहानगरको जोड

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप, कला र पेसाको संरक्षणमा जोड