पाल्पामा आरन संरक्षण गरिँदै | Khabarhub Khabarhub

पाल्पामा आरन संरक्षण गरिँदै


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- विश्वकर्मा समुदायको पुर्खौली पेशा आरन लोप हुन नदिन संरक्षण गर्न थालिएको छ ।

यसको संरक्षणमा रामपुर नगरपालिका वडा नं ४ ले विश्वकर्मा समुदायको चिनारीको व्यवसाय समुदायबाटै लोप हुन थालेपछि संरक्षण गर्न सहयोग गर्न थालेको छ ।

वडा कार्यालयले आरन व्यवसायलाई प्रवद्र्धन र संरक्षण गर्दै जस्तापाता, पङ्खा जस्ता विभिन्न सहयोग गत वर्षदेखिनै गरेको वडा सदस्य पार्वती परियारले बताए ।

वडामा करिब आधा दर्जन आरन व्यवसायी छन् । आरन व्यवसायलाई जोगाउन जस्तापाता र पङ्खा पाएपछि काममा हौसला बढेको सिन्दुरटार बस्ने ६४ वर्षीय मनबहादुर विकले बताए ।

“आर्थिक अभावमा आरनको छानो छाउन सकिएको थिएन, वडाले छानो छाउन जस्तापाता र पङ्खा उपलब्ध गराएपछि काम गर्न सहज भएको छ”, विकले भने । उनले जीवनको ५७ वर्षको समय आरन व्यवसायमा बिताएका छन् ।

अहिलेसम्म व्यवसायका लागि कोही कसैबाट सहयोग पाएका थिएनन् । सहयोगपछि व्यवस्थित तरिकाले व्यवसाय चलाउने उनी बताउँछन् ।

यो कामले १५ जनाको परिवारपालनमा सहयोग पुगेको छ । मौलाथरका युवा सुरेन्द्र कामी विसं २०५४ देखि गाउँमा सबैले छाड्दै गएको आरन व्यवसाय जोगाउन दुःखसुखले चलाउँदै आएको बताए ।

“पेशा जोगाउन जेनतेनले चलाएका थिए, जनप्रतिनिधि आएपछि पुरानो व्यवसायलाई जोगाउन सहयोग गर्नुभएको छ, असाध्यै खुशी लागेको छ”, उनले भने । यही व्यवसायबाट सात जनाको परिवारको गुजारा चलेको उनको भनाइ छ ।

गामपोखरा बस्ने कृष्णकुमारी कामी हातले कुदेर कलात्मक रुप दिइ गाग्री, ताउला, आम्खोरा, आरी, माना, पाथी फलामबाट कुटो, कोदालो, बञ्चरो, हसियालगायतका विभिन्न सामग्री बनाउने गरेका छन् ।

यस व्यवसायमा युवापुस्ताले चासो नदिनु, गाउँघरमा कोइलाको अभाव हुन थालेपछि विश्वकर्मा समुदायको पहिचानका रुपमा रहेको पुरानो आरन व्यवसाय नै लोप हुँदै गएको हो ।

पुरानो व्यवसाय संरक्षण नहुँदा समुदायको चिनारी नै लोप हुन थालेपछि संरक्षण गर्न थालिएको वडाध्यक्ष एकबहादुर नेपाली बताउँछन् ।

“युवापुस्ता आरनसम्बन्धी सीप सिक्न छाडेर विदेशतिर लागे, गाउँमा बसेर पुरानो पेशा सम्हाल्ने कुनै युवा नहुँदा व्यवसाय हराउँदै गएकोले यसको संरक्षणमा वडा कार्यालय लागेको छ”, अध्यक्ष नेपालीले भने । दश वर्ष पहिले यस क्षेत्रमा ५० बढी आरन व्यवसाय सञ्चालनमा थिए । अहिले भने थारैले मात्र यो व्यवसाय चलाएको पाइन्छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १ : ५४ बजे

एसीसी यू–१६ इस्ट जोनको उपाधि विजेता नेपाली टोलीस्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडाैं – एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

‘मर्निङवाक’ निस्किएका कुवँर पाँच दिनदेखि सम्पर्कविहीन

काठमाडौं – अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौँ

महोत्तरीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

जलेश्वर – महोत्तरीको औरही नगरपालिका–७ मा रहेको कृषि सडकमा कल्भर्ट

कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाउँछौं : प्रधानमन्त्री

हुम्ला – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र

सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता

काठमाडौं – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीपीडितलाई रु तीन