कोरोना संक्रमितको उपचारका लागि आफ्ना स्वास्थ्यकर्मीलाई तालिम दिँदै नेपाली सेना « Khabarhub

कोरोना संक्रमितको उपचारका लागि आफ्ना स्वास्थ्यकर्मीलाई तालिम दिँदै नेपाली सेना


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमण पछि संक्रमितहरुको उपचारका लागि नेपाली सेनाले पूर्व तयारी शुरु गरेको छ ।

कोरोना संक्रमितको उपचारको विधिबारे जानकारी दिन सेनाले जंगी अड्डासहित देशभरका पृतनाहरुमा तालिम शुरु गर्ने भएको छ । सेनाले सोमबार (चैत ३ गते)देखि तालिम शुरु गर्न लागेको हो ।

सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ४८ वटा टेन्ट खडा गरी नमूना क्वारेन्टाइन बनाएर आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिन थालेको हो । तालिममा चिकित्सकहरुसहित ५० जना स्वास्थ्यकर्मीहरु सहभागी हुने जनाइएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस्तो तालिम सेनाका ७ वटा पृतना (उपत्यका बाहेक)मा पनि सञ्चालन हुने छ ।

सेनाले कोरोना संक्रमितको उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष समेत निर्माण गरिसकेको छ । यस्तै, नेपालगञ्ज, पोखरा र इटहरीमा रहेका क्षेत्रीय अस्पतालहरुमा पनि आइसोलसेन कक्ष निर्माण थालिएको छ ।

सरकारले नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा आइसोलेसन कक्ष निर्माणका लागि यसअघि नै निर्देशन दिइसकेको छ । यस्तै, संघीय सरकार मातहतका सबै अस्पतालहरुमा आइसोलेसन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

सरकारले प्रदेश र स्थानीय तह मातहतका अस्पतालहरुमा पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ४७ बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र