कोरोना संक्रमितको उपचारका लागि आफ्ना स्वास्थ्यकर्मीलाई तालिम दिँदै नेपाली सेना | Khabarhub Khabarhub

कोरोना संक्रमितको उपचारका लागि आफ्ना स्वास्थ्यकर्मीलाई तालिम दिँदै नेपाली सेना


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९)को संभावित संक्रमण पछि संक्रमितहरुको उपचारका लागि नेपाली सेनाले पूर्व तयारी शुरु गरेको छ ।

कोरोना संक्रमितको उपचारको विधिबारे जानकारी दिन सेनाले जंगी अड्डासहित देशभरका पृतनाहरुमा तालिम शुरु गर्ने भएको छ । सेनाले सोमबार (चैत ३ गते)देखि तालिम शुरु गर्न लागेको हो ।

सेनाले सैनिक मुख्यालय जंगी अड्डामा ४८ वटा टेन्ट खडा गरी नमूना क्वारेन्टाइन बनाएर आफ्ना स्वास्थ्यकर्मीहरुलाई तालिम दिन थालेको हो । तालिममा चिकित्सकहरुसहित ५० जना स्वास्थ्यकर्मीहरु सहभागी हुने जनाइएको छ ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस्तो तालिम सेनाका ७ वटा पृतना (उपत्यका बाहेक)मा पनि सञ्चालन हुने छ ।

सेनाले कोरोना संक्रमितको उपचारका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा १० शय्याको आइसोलेसन कक्ष समेत निर्माण गरिसकेको छ । यस्तै, नेपालगञ्ज, पोखरा र इटहरीमा रहेका क्षेत्रीय अस्पतालहरुमा पनि आइसोलसेन कक्ष निर्माण थालिएको छ ।

सरकारले नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालमा आइसोलेसन कक्ष निर्माणका लागि यसअघि नै निर्देशन दिइसकेको छ । यस्तै, संघीय सरकार मातहतका सबै अस्पतालहरुमा आइसोलेसन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

सरकारले प्रदेश र स्थानीय तह मातहतका अस्पतालहरुमा पनि आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ३ : ४७ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने