कोरोना भाइरसको संक्रमण रोक्न भुटानी प्रधानमन्त्रीद्वारा साथ र सहयोगको प्रतिवद्धता « Khabarhub

कोरोना भाइरसको संक्रमण रोक्न भुटानी प्रधानमन्त्रीद्वारा साथ र सहयोगको प्रतिवद्धता


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भुटानका प्रधानमन्त्री लोटे छिरिङले कोरोना भाइरसको संक्रमण रोक्न उच्च सतर्कताका साथ काम भइरहेको बताएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले कोरोना रोकथामका लागि सहकार्य अनिवार्य रहेको बताएका हुन् ।

‘भुटानका राजा अहिले अहिले राजधानी बाहिर छन् । कोरोना भाइरस विरुद्ध लागिरहेका छन् ।’ भिडियो कन्फरेन्समा बोल्दै प्रधानमन्त्री छिरिङले भने, ‘कोरोनाको संक्रमण रोक्न भुटानीहरुलाई एकताबद्ध हुन हामीले निर्देशन दिएका छौं ।’

उनले कोरोना भाइरस विरुद्धको सहकार्य आवश्यक रहेको बताउँदै सबै नेता–नेताहरु तथा जनता–जनताहरुबीच पनि सूचना आदानप्रदान उत्तिकै आवश्यक रहेको बताए ।

उनले आफ्नो मुलुकमा एउटा मात्र ‘केस’ रहेको बताउँदै भुटानलाई माया गर्ने एक जना पर्यटकमा उक्त संक्रमण देखिएको बताए । उनले ती पर्यटकसँग नजिक रहेका सबै ४८ जनाको पहिचान गरी आवश्यक कदम चालेको जानकारी दिए ।

चिकित्सकहरुले उनको उपचार गरेको जानकारी दिँदै योजना बनाइएअनुसार सबै काम भएको बताए ।
उनले भने, ‘यो हाम्रा लागि ठूलो सफलता हो । उनलाई केही दिन अघि मात्र अस्पतालबाट निको बनाएर घर फर्काएको बताए ।

उनले भने, ‘कोरोनाको संक्रमण निकै ठूलो चुनौती हो । यसले भौगोलिक सीमा हेर्दैन । त्यसैलय यसको नियन्त्रणका लागि सबैको सहकार्य आवश्यक छ ।’

उनले कोरोना भाइरसको रोकथामका लागि आफूहरुसँग भएका स्रोत साधन परिचालन गर्न तथा सहकार्य गर्न तयार रहेको बताए । उनले आर्थिक क्षेत्रमा पनि सहकार्य आवश्यक रहने बताउँदै साथ र सहयोगको प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ३० बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर