कोरोना भाइरसको संक्रमण राेक्न अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक « Khabarhub

कोरोना भाइरसको संक्रमण राेक्न अष्ट्रियामा पाँच जनाभन्दा बढी भेला हुन रोक


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रिया- अस्ट्रियामा कोरोना भाइरसको संक्रमण बढ्ने क्रम तीब्र हुन थालेको भन्दै रोकथामका कडा उपायलाई अवलम्बन गर्न नागरिकलाई सरकारले आग्रह गरेको छ ।

सरकारले आइतबार एक निर्देशन जारी गर्दै सङ्क्रमणलाई नियन्त्रण गर्न पाँच वा सोभन्दा बढी संख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ ।

सरकारले अनावश्यक रूपमा हुने आवागमनलाई पनि रोक्न आवश्यक भइसकेको जनाउँदै अत्यावश्यकबाहेक घरभन्दा बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले आगामी मङ्गलबारदेखि यहाँका रेस्टुरेन्टहरु पनि बन्द गर्ने तयारी गरिरहेको सरकारी अधिकारीले बताएका छन् ।

अष्ट्रियामा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि सरकारले नियन्त्रणका लागि कडा कदम लिएको बताइएको छ । आइतबार सङ्क्रमितको सङ्ख्या ८०० पुगेको छ भने पछिल्लो एक दिनमा मात्रै १४५ जनामा सङ्क्रमण देखिएको छ ।

अस्ट्रियाले बेलायत, नेदरल्यान्ड्स, रुस, युक्रेन, इटाली र स्वीजरल्यान्डका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

यसैबीच विश्वभर एक लाख ५२ हजार ४२८ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले आइतबार जनाएको छ । उहाँका अनुसार विश्वका १४१ मुलुकमा कोरोनाको सङ्क्रमण फैलिएको र सङ्क्रमितमध्ये पाँच हजार ७२० जनाको उपचारका क्रममा मृत्यु भएको छ । लगभग छ हजारको सङ्ख्यामा सङ्क्रमणका जटिल समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

संगठनका प्रवक्ता फादेला चाइबले पछिल्ला दिनमा यूरोपमा सङ्क्रमणको प्रकोप बढी देखिएको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ८ : २० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार