कोरोनाको कहरः यो वर्षको घोडेजात्रा औपचारिकतामा सीमित | Khabarhub Khabarhub

कोरोनाको कहरः यो वर्षको घोडेजात्रा औपचारिकतामा सीमित


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ ।

सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित ‘घोडेजात्रा समारोह’ आयोजना गर्दै आएको थियो ।

यस वर्षको घोडेजात्रा यही चैत ११ गते परेको छ । उक्त जात्रालाई केवल परम्परालाई कायम राख्ने उद्देश्यले मात्र आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विभिन्न राष्ट्रमा कोभिड १९ फैलिएका कारण सरकारले सभा, सम्मेलन, भेला र कार्यक्रम नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

सरकारको उक्त निर्णयअनुरुप यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट व्यक्ति र पाहुनालाई सहभागी नगराउने निर्णय गरिएको निर्देशनालयले जनाएको छ ।

उक्त समारोहको विभिन्न टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : ४५ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ २ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २ गते सोमबार। भाद्र

टप एन्ड टी२०: नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा

पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु

बुनेर, पाकिस्तान – पाकिस्तानी उद्धारकर्ताहरूले आइतबार आएको बाढीमा परी कम्तीमा

नेपालगन्जमा कटुवा पेस्तोलसहित दुई पक्राउ

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ बाट प्रहरीले कटुवा पेस्तोलसहित दुई