डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा, चीनको पक्ष लिएको आरोप « Khabarhub

डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा, चीनको पक्ष लिएको आरोप


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको र चीनको पक्ष लिएकाले आर्थिक सहयता कटौती गरेको उनले घोषणा गरे ।

‘आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु।’

चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई डब्लूएचओले सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको ट्रम्पको मुख्य आरोप छ।

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिरहँदा डब्लूएचओप्रति आक्रोश पोख्दै उक्त निर्णय गरेका हुन् ।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको छ  । उसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थियो । यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबै भन्दाबढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ लाख भन्दा धेरै संक्रमित भएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : २१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको