डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा, चीनको पक्ष लिएको आरोप « Khabarhub

डब्लूएचओलाई आर्थिक सहायता रोक्ने ट्रम्पको घोषणा, चीनको पक्ष लिएको आरोप


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको आर्थिक सहयता रोकेको घोषणा गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन समेत दिएका छन् ।

कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको र चीनको पक्ष लिएकाले आर्थिक सहयता कटौती गरेको उनले घोषणा गरे ।

‘आफ्नो न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको छ र उसलाई जवाफदेही बनाउनैपर्छ,’ ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘कोरोनाभाइरसको सङ्क्रमण फैलने विषयलाई एकदमै नराम्रो ढङ्गले व्यपस्थापन गरेको र त्यसलाई ढाकछोप गरेको विषयमा समीक्षा भइरहँदा आर्थिक सहयोग रोक्न म आफ्नो प्रशासनलाई निर्देशन दिँदैछु।’

चीनमा कोरोनाभाइरस देखिएपछि सङ्क्रमणसम्बन्धी विषयलाई डब्लूएचओले सही ढङ्गले व्यवस्था गर्न नसकेको र घटनालाई ढाकछोप गरेको ट्रम्पको मुख्य आरोप छ।

अमेरिकामा कोरोनाभाइरस महामारीसँग जुझ्न लिएका नीतिलाई लिएर ट्रम्प आफैँले आलोचना खेपिरहँदा डब्लूएचओप्रति आक्रोश पोख्दै उक्त निर्णय गरेका हुन् ।

अमेरिका डब्ल्यूएचओलाई सबैभन्दा धेरै आर्थिक सहयोग गर्दै आएको छ  । उसले गत वर्ष ४० करोड डलर उपलब्ध गराएको थियो । यो रकम डब्ल्यूएचओको कुल बजेटको १५ प्रतिशत रहेको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबै भन्दाबढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म २६ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ लाख भन्दा धेरै संक्रमित भएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ७ : २१ बजे

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर