कोरोना भाइरसविरुद्ध ७० प्रकारका खोप विकसित « Khabarhub

कोरोना भाइरसविरुद्ध ७० प्रकारका खोप विकसित


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाभाइरसबिरुद्ध  ७० प्रकारका खोप विकसित भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

यीमध्ये ३ प्रकारका खोप भने परीक्षणको चरणमा गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

परीक्षण चरणमा गएका खोपमध्ये चीनले विकास गरेको खोपले विभिन्न चरण पार गरिसकेको जनाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार बेइजिङ इन्स्टिच्युट अफ बायोटेक्नोलोजी र हङकङको क्यानसिनो बायोलोजिक्सले विकास गरेको खोप परीक्षणको दोस्रो चरणमा पुगिसकेको छ ।

अमेरिकी औषधि उत्पादक कम्पनी इनोभिओ र मोडेर्नाले विकास गरेका अरू दुई खोप पनि अहिले मानवमा परीक्षण गर्ने क्रममा रहेको डब्ल्यूएचओले जानकारी दिएको छ । कुनै पनि खोप प्रमाणित भई प्रयोगमा आउन १० देखि १५ महिनासम्म लाग्नेछ।

तर कोरोना भाइरसविरुद्धको खोप भने द्रुत गतिमा विकास भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । यो खोप आगामी वर्षसम्ममा आम प्रयोगमा आउने अपेक्षा गरिएको छ।

अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिनोलोजी प्रोफेसर सारा गिल्बर्टले आफ्नो समूहले बनाइरहेको खोप यही वर्षको अन्त्यसम्म आम प्रयोगमा आउने दाबी गरेकी छन्।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ३२ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका