लकडाउन थपिएको दोस्रो दिनमै बढ्यो उल्लंघन, एकाबिहानै ‘२ हजार’ पक्राउ « Khabarhub

लकडाउन थपिएको दोस्रो दिनमै बढ्यो उल्लंघन, एकाबिहानै ‘२ हजार’ पक्राउ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने २ हजार बढीलाई पक्राउ गरेको छ ।

आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट २ हजार ३८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा १ हजार ५६३ जना पुरुष र ४७५ जना महिला रहेको प्रहरीले जनाएको छ । यस्तै लकडाउन उल्लङ्घन गर्दै चलाइएका २ सय ५३ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले यी गाडी अत्यावश्यक बाहेकमा कामका लागि चलाएको पाइए दिनभरि होल्ड गरेर बेलुकीमात्रै फिर्ता गर्ने गरेको छ ।

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनकाे आज २३ दिन पुगेको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ पुगेको छ ।

संक्रमितको संख्या बढ्न थालेपछि सरकारले मंगलबार मात्रै वैशाख १५ गतेसम्मका लागि लकडाउन थप्ने निर्णय गरेको थियो । सरकारले लकडाउन थपेको दोस्रो दिनमै सबैभन्दा बढी उल्लंघन भएको पाइएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ४० बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर