र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट आज आउँदै « Khabarhub

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट आज आउँदै


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापिड टेष्टमा काभ्रे, धादिङ, सप्तरी र गोरखाका ६ जनामा कोरोना पोजेटिभ देखिएपछि पीसीआर विधिबाट गरिएको परीक्षण रिपोर्ट आज आउँने भएको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका सबै छ जनानै विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका काभ्रे र सप्तरीका दुई/दुई जना हुन् भने धादिङ र गोरखाका एक/एक जना छन् ।

काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए ।

किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर मंगलबारबाटै पीसीआर विधिबाट स्वाब परीक्षण थालिएकाले आज पुनरपरीक्षण रिपोर्ट आउने छ।

यस्तै सप्तरीमा पनि दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएपछि मंगलबार नै उनीहरुको स्वाब परीक्षणमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिए ।

संक्रमण देखिएका दुवै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको उनले जानकारी दिए ।

यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा  दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।

उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा २७ वर्षीय युवामा पोजेटिभ देखिएको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।

गोरखाको आरुघाट गाउँपालिकामा पनि एक युवकमा आरडीटीले कोरोना पोजेटिभ देखाएको छ। विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो।

ती युवक चैत १ मा बहराइनबाट फर्केका थिए। थप परीक्षणका लागि उनको नमुना पोखरास्थित प्रयोगशालामा पठाइएको छ।

युवक आइसोलेसनमा रहेको बताइएको छ । उनको पीसीआर परीक्षण रिपोर्ट आजै आउने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले अनुसार र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकै आधारमा आत्तिन पर्ने अवस्था नरहेकाले पीसीआर रिपोर्ट आइन्जेल कुर्न आग्रह गरेका छन् ।

‘र्‍यापिड टेष्ट स्थानीय तहका स्वास्थ्यकर्मीलाई गर्न दिइएको हो । किटमा पोजेटिभ देखिदैमा कोरोना नहुन पनि सक्छ,’ श्रेष्ठले भने, ‘किटको परीक्षणले भाइरस देखाउन्न, एन्टिबडी मात्रै देखाउने हो । जहाँ/जहाँ पोजिटिभ देखिएको छ अरु १२ घण्टामा पीसीआरबाट गरिएको परीक्षणको रिपोर्ट आउँछ अनि मात्र भन्न सकिन्छ अहिले नै नआतिऔं, किटले त डेंगु लागेकोमा पनि पोजेटिभ देखाउँछ ।’

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : १२ बजे

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,