र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट आज आउँदै « Khabarhub

र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ देखिएका ६ जनाको पीसीआर रिपोर्ट आज आउँदै


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – र्‍यापिड टेष्टमा काभ्रे, धादिङ, सप्तरी र गोरखाका ६ जनामा कोरोना पोजेटिभ देखिएपछि पीसीआर विधिबाट गरिएको परीक्षण रिपोर्ट आज आउँने भएको छ ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका सबै छ जनानै विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका काभ्रे र सप्तरीका दुई/दुई जना हुन् भने धादिङ र गोरखाका एक/एक जना छन् ।

काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक/एक जनामा र्‍यापिड डाइग्नोस्टिक परीक्षण गर्दा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको हो ।

बेथान्चौक गाउँपालिका वडा नम्वर ५ का २८ बर्षीय युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए भने मण्डन देउपुर नगरपालिका वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षीय युवा चैत्र ९ गते दुबईबाट स्वदेश फर्किएका थिए ।

किटमा पोजेटिभ देखिएपछि उनीहरु दुवैलाई धुलिखेल अस्पतालमा भर्ना गरेर मंगलबारबाटै पीसीआर विधिबाट स्वाब परीक्षण थालिएकाले आज पुनरपरीक्षण रिपोर्ट आउने छ।

यस्तै सप्तरीमा पनि दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएपछि मंगलबार नै उनीहरुको स्वाब परीक्षणमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

दिल्लीको निजामुद्दिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा आरडीटीले कोरोना संक्रमण देखाएको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका प्रमुख चुमनलाल दासले जानकारी दिए ।

संक्रमण देखिएका दुवै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको उनले जानकारी दिए ।

यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड टेष्टमा पनि एक जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका युवा  दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका थिए ।

उनलाई होम क्वारेन्टाइनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखाले आरडीटी परिक्षण गर्दा २७ वर्षीय युवामा पोजेटिभ देखिएको स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिए ।

गोरखाको आरुघाट गाउँपालिकामा पनि एक युवकमा आरडीटीले कोरोना पोजेटिभ देखाएको छ। विदेशबाट फर्किएका २० जनाको आरडिटी गर्दा एक युवकमा कोरोना पोजेटिभ देखिएको हो।

ती युवक चैत १ मा बहराइनबाट फर्केका थिए। थप परीक्षणका लागि उनको नमुना पोखरास्थित प्रयोगशालामा पठाइएको छ।

युवक आइसोलेसनमा रहेको बताइएको छ । उनको पीसीआर परीक्षण रिपोर्ट आजै आउने बताइएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले अनुसार र्‍यापिड टेष्टमा पोजेटिभ देखिएकै आधारमा आत्तिन पर्ने अवस्था नरहेकाले पीसीआर रिपोर्ट आइन्जेल कुर्न आग्रह गरेका छन् ।

‘र्‍यापिड टेष्ट स्थानीय तहका स्वास्थ्यकर्मीलाई गर्न दिइएको हो । किटमा पोजेटिभ देखिदैमा कोरोना नहुन पनि सक्छ,’ श्रेष्ठले भने, ‘किटको परीक्षणले भाइरस देखाउन्न, एन्टिबडी मात्रै देखाउने हो । जहाँ/जहाँ पोजिटिभ देखिएको छ अरु १२ घण्टामा पीसीआरबाट गरिएको परीक्षणको रिपोर्ट आउँछ अनि मात्र भन्न सकिन्छ अहिले नै नआतिऔं, किटले त डेंगु लागेकोमा पनि पोजेटिभ देखाउँछ ।’

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : १२ बजे

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू

एकपछि अर्को नेता मारिएपछि कसले सम्हाल्लान् इरानको नेतृत्व ? यी ५ नाम चर्चामा

तेहरान– अमेरिकी–इजरायली आक्रमणपछि इरानका शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको दाबीसँगै

राई–लिम्बु समुदायलाई संसद्मा पुर्‍याउन सकिनँ, माफी चहान्छु : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राई–लिम्बु समुदायको प्रतिनिधित्व