कपिल शर्माको शो मा किन जाँदैनन् आमिर खान ? « Khabarhub

कपिल शर्माको शो मा किन जाँदैनन् आमिर खान ?


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडका धेरै कलाकार कपिल शर्माको शोमा गइसकेका छन् । धेरै सेलिब्रेटी फिल्मको प्रचारका लागि शो मा पुगेका हुन्छन् ।

अमिताभ बच्चन, सलमान खान, शाहरुख खान जस्ता सेलिब्रेटी पनि शो मा देखिएका छन् । तर, आमिर खान भने अझै पुगेका छैनन् ।

धेरै कलाकार फिल्मको प्रचारका बेला कपिलको कार्यक्रममा आउन चाहन्छन् । कपिलको कार्यक्रम निकै लोकप्रिय भएका कारण पनि कलाकारहरुले फिल्मको प्रचारका लागि उनको शोमा जाने गर्छन् ।

कपिलको शो चलिरहेका बेला आमिरका कैयन् फिल्म प्रदर्शन भए तर उनी कार्यक्रममा गएनन् । कपिलको शोलाई आमिरले प्रचारको माध्यम नै ठानेनन् ।

त्यसो त आमिर खानको प्रचारको तरिका फरक छ । हरेकपटक उनी केही न केही नयाँ गरिरहेका हुन्छन् । उनले गजनी, थ्री इडियट्स फिल्म रिलिजका बेला पनि फरक प्रचार शैली अपनाएका थिए ।

जब फिल्मको प्रचारको नै आवश्यक पर्दैन भने आमिर पनि किन कपिलको प्रचारमा जाऊन् र ! कतिले त आमिरलाई कपिलको शो मन नपर्ने पनि बताउने गरेका छन् ।

कपिल शर्माले शो मा कयैन् पटक आफ्नो सीमा पार गरिसकेका छन् । उनले महिलालाई मजाक बनाउँछन् । स्टारमाथि हावी हुने कोशिश गर्छन् । कपिलले कतिपटक त कलाकारको अपमान पनि गरेका छन् । जुन आमिरलाई पटक्कै मन पर्दैन ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १२ : ५४ बजे

जन्तीसहित नागा बाबा पशुपति मन्दिर प्रवेश (तस्बिरहरू) 

काठमाडौं– महाशिवरात्रि नजिकिँदै जाँदा छिमेकी मुलुक भारतसहित नेपालका विभिन्न स्थानबाट

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६

७ महिनामा सरकारको आम्दानीभन्दा खर्च सबा खर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष (आव) ०८२-८३ को ७ महिनामा सरकारको

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति…

काठमाडौं– विश्व शान्तिमा नेपाली शान्ति सैनिक आफूलाई साहसिक, अनुशासित एवं

प्रधानमन्त्री कार्की ताप्लेजुङमा

ताप्लेजुङ– प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको तयारी