क्वारेन्टाइनबाट भाग्न थाले हजारौं भारतीय « Khabarhub

क्वारेन्टाइनबाट भाग्न थाले हजारौं भारतीय


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न ‘लकडाउन’ लागु गरेपछि शहरहरूबाट गाउँतिर पुगेका हजारौँ मानिसहरु क्वारेन्टाइनबाट भाग्न थालेका छन् ।

उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारन्टाइन बनाइएको थियो । तर शहरबाट आएका मानिसहरु गाउँतिर भाग्न थालेका हुन् ।

तर त्यस्ता क्वारेन्टाइनमा सामान्य खालका सुविधाहरु पनि नभएको भन्दै विरोध भइरहेको थियो ।

बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि नि:शुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेश र बिहार भारतका सबैभन्दा धेरै जनसङ्ख्या भएकामध्येका दुई राज्य हुन्। ती दुई राज्यमा गरी ३५ करोड जनसङ्ख्या छ।

सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको छ।

यी राज्यका भारतकै अतिविपन्न वर्गमा पर्ने दशौँ लाख मानिसहरू दिल्ली, मुम्बई र कोलकाताजस्ता महानगरमा कामको खोजीमा पस्ने गर्छन्।कैयन् मानिस गुजरात राज्यको कपडा तथा हिरा उद्योगमा काम गर्न पुगेका हुन्छन्।

जब प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २४ मा कोभिड-१९ को सङ्क्रमण रोक्न देशव्यापी ‘लकडाउन’ घोषणा गरे तब अचानक कामविहीन एवम् जीविकोपार्जनविहीन बन्न पुगेका लाखौँ मानिस शहरबाट भाग्न थाले।

हजारौँ मानिस घर फर्कन थालेपछि यी दुई राज्यले फर्किएकाहरूका निम्ति अनिवार्य १४ दिने क्वारन्टीनको घोषणा गरेका थिएस्कुल एवम् परिषद् भवनहरूलाई त्यस्ता मानिसहरूलाई राख्ने क्वारन्टीन बनाइयो।

विवरणहरूका अनुसार आफ्ना गाउँ छेउछाउमा खडा गरिएका क्वारन्टीन केन्द्रहरूबाट मानिसहरू या भागेका छन् या लुकीछिपी गाउँघर आउजाउ गरिरहेका छन्।

उत्तर प्रदेशका विभिन्न जिल्लाबाट त्यस्ता क्वारन्टीन उल्लंघनका विवरण आएका छन्। त्यहाँका स्थानीय पत्रकार तथा बासिन्दाले पनि त्यस्तै बताएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ११ : ५१ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट

राहुघाट–पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–३ राहुघाटदेखि पिप्ले बगैँचा जोड्ने पदमार्ग निर्माण भएको

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट