रित्तिए काभ्रेका क्वारेन्टाइन « Khabarhub

रित्तिए काभ्रेका क्वारेन्टाइन


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वारेन्टाइन हाल खाली भएका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टाइन हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।

यसअघि धुलिखेल नगरपालिकामा गत हप्ता १० तथा मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा विदेशबाट फर्किएका आठलाई राखिएकामा सातलाई १४ दिन तथा एकलाई २२ दिनको बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको थियो ।

जिल्लाका स्थानीय तहमा व्यवस्थित गरिएका सबै क्वारेन्टाइन हाल खाली अवस्थामा रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

उनका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठबाहेक सबैलाई एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तवासमै बसाइएको हो ।

स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

कार्यालयका अनुसार माघ महिनायता ४५१ विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको हो । घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडिटी भएको छ ।

यसैबीच स्थानीय तहमा मङ्गलबारको परीक्षणका क्रममा दुई युवामा कोरोना भाइरसको शङ्का देखिएकाले धुलिखेल अस्पतालस्थित आइसोलेसन कक्षमा राखिएको झाले बताए । उनले भने, “आज थप परीक्षण हुनेछ, त्यसपछिको रिपोर्टले उनीहरूको अवस्था थाहा हुनेछ ।” उनले शङ्का लाग्दैमा ‘कारोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताए ।

कारोना भाइरसको शङ्कामा आइसोलेसनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  २ : ३७ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ