रित्तिए काभ्रेका क्वारेन्टाइन « Khabarhub

रित्तिए काभ्रेका क्वारेन्टाइन


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका सम्पूर्ण क्वारेन्टाइन हाल खाली भएका छन् । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा व्यवस्थित गरिएका क्वारेन्टाइन हप्तादेखि खाली अवस्थामा रहेका हुन् ।

यसअघि धुलिखेल नगरपालिकामा गत हप्ता १० तथा मण्डनदेउपुर नगरपालिकास्थित क्वारेन्टाइनमा विदेशबाट फर्किएका आठलाई राखिएकामा सातलाई १४ दिन तथा एकलाई २२ दिनको बसाइँपछि स्वास्थ्य जाँच गरी घर फर्काइएको थियो ।

जिल्लाका स्थानीय तहमा व्यवस्थित गरिएका सबै क्वारेन्टाइन हाल खाली अवस्थामा रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए ।

उनका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका आठबाहेक सबैलाई एकान्तवास (होम क्वारेन्टाइन)मा राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तवासमै बसाइएको हो ।

स्थानीय तहले हालसम्म २८८ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरेका छन् । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ श्यया तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ श्ययाको क्वारेन्टाइन व्यवस्थित गरिएको हो । धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिरमेमोरियल अस्पतालमा पाँच श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरिएको छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

कार्यालयका अनुसार माघ महिनायता ४५१ विदेशबाट घर फर्किएको तथ्याङ्क प्राप्त भएको छ । यसमध्ये चैत महिनामा मात्रै २५१ विदेशबाट घर फर्किएको पाइएको हो । घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) भइरहेको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १८९ को आरडिटी भएको छ ।

यसैबीच स्थानीय तहमा मङ्गलबारको परीक्षणका क्रममा दुई युवामा कोरोना भाइरसको शङ्का देखिएकाले धुलिखेल अस्पतालस्थित आइसोलेसन कक्षमा राखिएको झाले बताए । उनले भने, “आज थप परीक्षण हुनेछ, त्यसपछिको रिपोर्टले उनीहरूको अवस्था थाहा हुनेछ ।” उनले शङ्का लाग्दैमा ‘कारोना पोजेटिभ’ भनेर प्रचार गर्न नहुने बताए ।

कारोना भाइरसको शङ्कामा आइसोलेसनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा गत चैत ९ गते घर फर्किएका थिए । गत चैत ७ गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएको हो भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक रहेको देखिन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  २ : ३७ बजे

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति