राष्ट्र बैंक समक्ष कोरोना असर सम्बन्धमा चेम्वर अफ कमर्सको १७ बुँदे सुझाव | Khabarhub Khabarhub

राष्ट्र बैंक समक्ष कोरोना असर सम्बन्धमा चेम्वर अफ कमर्सको १७ बुँदे सुझाव


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नरसँग नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीले भेट गरि कोरोनाभाइरसले अर्थतन्त्रमा पारेको असरका सम्बन्धमा ज्ञापनपत्र पेश गरेको छ ।

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष चेम्वरको तर्फबाट कोरोना (कोभिड १९)बाट अर्थतन्त्रमा परेको असरका सम्वन्धमा १७ वुंदे सुझाव प्रस्तुत गरेको हो । उक्त अवसरमा चेम्वरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष दीपक मल्होत्रा तथा चेम्वरका कार्य समिति सदस्य दीपक श्रेष्ठ पनि सहभागी थिए ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको हुने भन्दै चेम्बरले अर्थतन्त्रमा कोरोना भाइरसको असरबारे अध्ययनका लागि निजी क्षेत्रसमेतको सहभागितामा उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्न माग गरेको छ ।

त्यस्तै चेम्बरकाका प्रतिनिधिले बैंकिङ कर्जाको व्यवस्था हुनुपर्ने, नेपाल राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) खुकुलो बनाइ लगानीयोग्य पुँजी प्रवाह बढाउनुपर्ने लगायतका सुझाव प्रस्तुत गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ३ : २६ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना