काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ७ वर्षीय बालक बाराबाट आएको खुल्यो « Khabarhub

काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ७ वर्षीय बालक बाराबाट आएको खुल्यो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट आएको खुलेको छ।

संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको चन्द्रगिरि नगरपालिका-१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए।

वडाध्यक्ष केसीले भने-  ‘संक्रमित बालककी आमाले आफू र छोरा चैत ६ गते बारा माइती गएको र वैशाख ६ गते काठमाडौं फर्किएको भन्नुभएको छ ।’

स्थानीयको सहयोगमा बाहिरबाट आएको भनेपछि उनीहरू स्वाब परीक्षण गराउन पुगेका थिए। आमा र छोराको कोरोना परीक्षण गरिएकोमा छोराको रिपोर्ट पोजेटिभ आएको हो। बालकका परिवारमा उनीसहित बुवा र आमा छन्। उनीहरूको स्थायी घर दोलखा रहेको बताइएको छ।

वडाध्यक्ष केसीका अनुसार संक्रमित बालकका आमाबुवा सामान्य खेती-किसानी गर्छन्। संक्रमित बालकको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी आजबाट शुरू गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ।

बिहीबार ७ वर्षीय बालकसहित ६ जना संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित संख्या २ सय ४९ पुगेको छ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ७ : ५७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारकाका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख

पाकिस्तानी मध्यस्थतामा अमेरिका-इरान युद्धविराम: दुई साताका लागि आक्रमण स्थगित

काठमाडौँ – पाकिस्तानी नेतृत्वको सघन कूटनीतिक प्रयासपछि अमेरिका र इरान

अमेरिका र इरानबीच युद्धविरामको सहमति

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा धम्कीपछि अमेरिका र

आज २०८२ साल चैत २५ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २५ गते बुधबार वैशाख