काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ७ वर्षीय बालक बाराबाट आएको खुल्यो « Khabarhub

काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएका ७ वर्षीय बालक बाराबाट आएको खुल्यो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहीबार कोरोना पुष्टि भएका काठमाडौं, चन्द्रागिरि नगरपालिका, दहचोकका ७ वर्षीय बालक गत वैशाख ६ गते बाराबाट आएको खुलेको छ।

संक्रमित बालक आफ्नो मामाघर बाराबाट आफ्नी आमासँगै आएको चन्द्रगिरि नगरपालिका-१ का वडाध्यक्ष राजेन्द्र केसीले जानकारी दिए।

वडाध्यक्ष केसीले भने-  ‘संक्रमित बालककी आमाले आफू र छोरा चैत ६ गते बारा माइती गएको र वैशाख ६ गते काठमाडौं फर्किएको भन्नुभएको छ ।’

स्थानीयको सहयोगमा बाहिरबाट आएको भनेपछि उनीहरू स्वाब परीक्षण गराउन पुगेका थिए। आमा र छोराको कोरोना परीक्षण गरिएकोमा छोराको रिपोर्ट पोजेटिभ आएको हो। बालकका परिवारमा उनीसहित बुवा र आमा छन्। उनीहरूको स्थायी घर दोलखा रहेको बताइएको छ।

वडाध्यक्ष केसीका अनुसार संक्रमित बालकका आमाबुवा सामान्य खेती-किसानी गर्छन्। संक्रमित बालकको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी आजबाट शुरू गरिने चन्द्रागिरि नगरपालिकाले जनाएको छ।

बिहीबार ७ वर्षीय बालकसहित ६ जना संक्रमित थपिएका थिए । योसँगै देशभर संक्रमित संख्या २ सय ४९ पुगेको छ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ७ : ५७ बजे

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन