चीनसँगका सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी « Khabarhub

चीनसँगका सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले चीनसँगको सम्बन्ध तोड्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका हुन् ।

चीनको बुहानबाट फैलिएको भाइरसलाई लिएर ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। विश्व नै भाइरससँग जुधिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्न सक्ने बताएका हुन्।

‘हामी धेरै नै गर्न सक्छौं। हाम्रा सबै सम्बन्ध पनि तोड्न सक्छौं’।’ राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई अन्तर्वार्ता दिने क्रममा भने ‘ सबै सम्बन्ध तोडियो भने हामीले पाँच सय मिलियन डलर बचाउन सक्छौं’।

व्यापार युद्धको अवस्थामा पुगिसकेको चीन र अमेरिकाबीच केही महिना अघिमात्रै व्यापार सहजिकरण गर्ने सहमति भएको थियो। तर हाल कोरोनाको महामारीका कारण व्यापार ठप्प रहेको अवस्थामा ट्रम्पले चीनसँगको द्वीपक्षिय व्यापारमा अमेरीके बेहोर्नु परेको ठूलो घाटा तर्फ लक्षित गर्दै सम्बन्ध तोड्ने चेतावन दिएका हुन्।

अमेरीकाको केही राज्यबाट पछिल्लो केही समयबाट भाइरसलाई लिएर चीनले क्षतिपुर्ति दिनुपर्ने, महामारीको पहिलो जानकारी लुकाएको आरोप चीनमाथि लगाउँदै आएको छ।

अमेरिकाका राजनीतिक विश्लेषकहरुले भने यही वर्ष हुने तय भएको राष्ट्रपति निर्वाचनको रणनीतिको रुपमा ट्रम्पको चीन बिरोधी भनाइहरु आएको हुनसक्ने दाबी गरेका छन्।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ३४ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक