चीनसँगका सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी « Khabarhub

चीनसँगका सबै सम्बन्ध तोड्न सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले चीनसँगको सम्बन्ध तोड्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका हुन् ।

चीनको बुहानबाट फैलिएको भाइरसलाई लिएर ट्रम्पले चीनको आलोचना गर्दै आएका छन्। विश्व नै भाइरससँग जुधिरहेको बेला ट्रम्पले चीनसँगको सम्बन्ध तोड्न सक्ने बताएका हुन्।

‘हामी धेरै नै गर्न सक्छौं। हाम्रा सबै सम्बन्ध पनि तोड्न सक्छौं’।’ राष्ट्रपति ट्रम्पले फक्स बिजनेसलाई अन्तर्वार्ता दिने क्रममा भने ‘ सबै सम्बन्ध तोडियो भने हामीले पाँच सय मिलियन डलर बचाउन सक्छौं’।

व्यापार युद्धको अवस्थामा पुगिसकेको चीन र अमेरिकाबीच केही महिना अघिमात्रै व्यापार सहजिकरण गर्ने सहमति भएको थियो। तर हाल कोरोनाको महामारीका कारण व्यापार ठप्प रहेको अवस्थामा ट्रम्पले चीनसँगको द्वीपक्षिय व्यापारमा अमेरीके बेहोर्नु परेको ठूलो घाटा तर्फ लक्षित गर्दै सम्बन्ध तोड्ने चेतावन दिएका हुन्।

अमेरीकाको केही राज्यबाट पछिल्लो केही समयबाट भाइरसलाई लिएर चीनले क्षतिपुर्ति दिनुपर्ने, महामारीको पहिलो जानकारी लुकाएको आरोप चीनमाथि लगाउँदै आएको छ।

अमेरिकाका राजनीतिक विश्लेषकहरुले भने यही वर्ष हुने तय भएको राष्ट्रपति निर्वाचनको रणनीतिको रुपमा ट्रम्पको चीन बिरोधी भनाइहरु आएको हुनसक्ने दाबी गरेका छन्।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ३४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक