पूर्वराजा ज्ञानेन्द्र शाह आफैं गाडी चलाएर काठमाडौं आउँदै « Khabarhub

पूर्वराजा ज्ञानेन्द्र शाह आफैं गाडी चलाएर काठमाडौं आउँदै


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्कने सवारी पास पाएका छन्। पास पाएसँगै उनी आज बिहान झापाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

पूर्वराजा शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्यसपछि उनका चालकले चलाउनेछन् । पूर्वराजा पत्नी कोमल शाहसहित झापामा फर्किइरहेका हुन् ।

पूर्वराजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ । उनी आउँदै गर्दा साथमा सुरक्षाकर्मी पनि फर्किरहेका छन् ।

पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनका लागि दिएको सवारी पास बिहीवार रद्ध भएसँगै उनीहरु झापामै रहेका थिए ।

गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय झापाले बिहीवार नै जारी गरेको पास सोहि दिन रद्ध गरेको थियो ।

पूर्वराजालाई पास दिने गृहको आदेश पछि मात्र जिल्ला प्रशासनले उनलाई पास दिइएको बताइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ३९ बजे

एमाले अध्यक्ष ओलीको बन्दीप्रत्यक्षीकरण निवेदनमा आज सुनुवाइ हुँदै

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा

इलामको सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

इलाम– सूर्योदय नगरपालिकामा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरुआत गरिएको

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै

झापा– भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५

रसुवाको गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा– डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०