आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज « Khabarhub

आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि थकेलिएपछि त्यसका लागि ८ सय मिलियन अमेरिकी डलर बराबरको आर्थिक प्याकेज ल्याएको छ ।

नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण यो वर्ष हुने तय भएको टोकियो ओलम्पिक २०२१ सम्मका लागि सरेपछि आयोजक जापानले आर्थिक रुपमा भार पर्ने बताउँदै आएको थियो ।

आयोजकको समस्यालाई मध्यनजर गर्दै ६ सय ५० मिलियन अमेरिकी डलर आईओसीले सहयोग गर्ने भएको छ । यस्तै, अन्य खेलकुद संघ र राष्ट्रिय ओलम्पिक कमिटिहरुलाई पनि आर्थिक सहयात प्रदान गर्नेगरि आईओसीले प्याकेजको घोषणा गरेको हो ।

जसमा ओलम्पिक आयोजकलाई ६ सय ५० मिलियन र अन्य खेल संघ तथा राष्ट्रिय ओलम्पिक कमिटिका लागि १ सय ५० मिलियन अमेरिकी डलर बराबरको प्याकेज रहेको छ ।

आईओसी अध्यक्ष थोमस बाचले अहिले ल्याएको प्याकेजले केही हदसम्म सहज हुने बताएका छन् ।

‘अहिलेको परिस्थितीसँग कम्प्रोमाइज गर्नुपर्ने भएको छ । यतिबेला सबैले त्याग गर्नुपर्ने छ,’ अध्यक्ष बाचलार्ई उद्धत गर्दै बीबीसीले लेखेको छ ।
कोरोनाले निम्त्याएको समस्यासँग जुध्न यस्तो प्याकेज ल्याइएको उनको भनाई छ ।

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्मका लागि तोकिएको छ । तर, त्यतिसम्म पनि कोभिड १९ को भ्याक्सिन पत्ता नलागे ओलम्पिक रद्ध गर्नु पर्ने अवस्था आउने बारे चर्चा भइरहँदा अध्यक्ष बाचले भने त्यसबार अहिले निस्कर्षमा पुग्नु हतार हुने बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ४४ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी