सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी « Khabarhub

सत्तारुढ नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सरकारले संसदमा प्रस्तुत गर्ने आगामी वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल भइरहेको छ ।

सरकारले आजको संसद बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज ४ बजे संसद बैठक बोलाइएको छ ।

बैठकमा पौने ९ बजे प्रधानमन्त्री केपी शर्मा ओली प्रवेश गरेका छन् । यसअघि नै सबै सचिवालय सदस्य बैठक कक्षमा प्रवेश गरिसकेका थिए ।

बैठकमा यसअघि सचिवालय बैठकले बोलाएको स्थायी कमिटी बैठक स्थगित भएपछि अर्को बैठक कहिले बोलाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ५८ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग