भारत सरकारले तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने « Khabarhub

भारत सरकारले तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको अर्थतन्त्र उकास्न भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार घर र्फकन नपाएका मजदुर, मूल्य नपाएका कृषकलगायत लागि तेस्रो चरणको प्याकेज घोषणाको तयारी गरिएको छ । वित्त मन्त्री निर्मला सीतारमणले तेस्रो चरणमा आज २० लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक प्याकेजको घोषणा गर्दैछिन् ।

तेस्रो चरणमा घोषणा हुने प्याकजे बढीजसो प्रवाशी मजदुरको सेवा तथा सुविधाका लागि लक्षित हुने वित्त मन्त्रालयले संकेत गरेको भारती संचारमाध्यमले उल्लेख गरेका छन् ।

भारतमा लकडाउनपछि काम गुमाएका करोडौं मजदुर घर जान पाएका छन् । पैदल घरतर्फ लागेका कतिपय मजदुरको विभिन्न दूर्घटनामा ज्यान समेत गइरहेको छ । पछिल्लो केही दिन यता भने भारतले रेल सञ्चालनमा ल्याएर उनीहरुलाई सहजिकरण गरेको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार ८ करोड प्रवासी मजदुरलाई निःशुल्क खानाको घोषणा गरिँदैछ । यसका लागि केन्द्र सरकारले ३५०० करोड रुपैयाँ खर्च गर्ने भएको छ । आगामी ३ महिनामा एक देश-एक रासन कार्डको सुविधा समेत भारतले घोषणा गर्दैछ । प्रतिपरिवार एक किलो चना, ५ किलो गहुँ वा चामल र दुई महिना निःशुल्क रासन उपलब्ध गराउने घोषणा समेत सरकारले गर्दैछ ।

तेस्रो चरणको प्याकेजमा सानो व्यवसाय गरेर जिन्दगी चलाइरहेका व्यक्तिका लागि समेत आर्थिक सुविधा घोषणा गरिने भएको छ । यसमा सडकमा व्यापार गर्नेदेखि साना खुद्रे व्यापारीलाई ऋणको ब्याजमा छूटसम्मका घोषणा हुने भएका छन् । २० लाख करोड भारुबाट कृषकले समेत राहत पाउने भारत सरकारको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १० : ४३ बजे

ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

वाशिङ्टन- अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट

वेस्ट इन्डिजसँग नेपालको फराकिलो हार

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट इन्डिजसँग नेपालले फराकिलो

जेन-जी आन्दोलनमा ध्वस्त भएको बाँडेगाउँको प्रहरी भवन निर्माण सुरु

ललितपुर- जेन-जी आन्दोलनका बेला पूर्ण रुपमा ध्वस्त भएको ललितपुर जिल्लाको

नन्दनले लिए वेस्ट इन्डिजको पहिलो विकेट

काठमाडौं– आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा नेपालका बलर नन्दन यादवले

सुडानको डारफरमा मानवअधिकारको गम्भीर उल्लङ्घन

कायरो– सुडानको पश्चिमी प्रान्त डारफरको राजधानी फासेरमा सरकारी सुरक्षा समूहले