भारत सरकारले तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने « Khabarhub

भारत सरकारले तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको अर्थतन्त्र उकास्न भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार घर र्फकन नपाएका मजदुर, मूल्य नपाएका कृषकलगायत लागि तेस्रो चरणको प्याकेज घोषणाको तयारी गरिएको छ । वित्त मन्त्री निर्मला सीतारमणले तेस्रो चरणमा आज २० लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक प्याकेजको घोषणा गर्दैछिन् ।

तेस्रो चरणमा घोषणा हुने प्याकजे बढीजसो प्रवाशी मजदुरको सेवा तथा सुविधाका लागि लक्षित हुने वित्त मन्त्रालयले संकेत गरेको भारती संचारमाध्यमले उल्लेख गरेका छन् ।

भारतमा लकडाउनपछि काम गुमाएका करोडौं मजदुर घर जान पाएका छन् । पैदल घरतर्फ लागेका कतिपय मजदुरको विभिन्न दूर्घटनामा ज्यान समेत गइरहेको छ । पछिल्लो केही दिन यता भने भारतले रेल सञ्चालनमा ल्याएर उनीहरुलाई सहजिकरण गरेको छ ।

भारतीय संचार माध्यमहरुका अनुसार ८ करोड प्रवासी मजदुरलाई निःशुल्क खानाको घोषणा गरिँदैछ । यसका लागि केन्द्र सरकारले ३५०० करोड रुपैयाँ खर्च गर्ने भएको छ । आगामी ३ महिनामा एक देश-एक रासन कार्डको सुविधा समेत भारतले घोषणा गर्दैछ । प्रतिपरिवार एक किलो चना, ५ किलो गहुँ वा चामल र दुई महिना निःशुल्क रासन उपलब्ध गराउने घोषणा समेत सरकारले गर्दैछ ।

तेस्रो चरणको प्याकेजमा सानो व्यवसाय गरेर जिन्दगी चलाइरहेका व्यक्तिका लागि समेत आर्थिक सुविधा घोषणा गरिने भएको छ । यसमा सडकमा व्यापार गर्नेदेखि साना खुद्रे व्यापारीलाई ऋणको ब्याजमा छूटसम्मका घोषणा हुने भएका छन् । २० लाख करोड भारुबाट कृषकले समेत राहत पाउने भारत सरकारको भनाइ छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १० : ४३ बजे

३३ किलो सुन तस्करी प्रकरण: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ३३ किलोग्राम सुन काण्डमा संलग्न भनिएका सनम

थारु संस्कृति, परम्परा र सभ्यता संरक्षण गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

धनगढी- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता

रुख र चारतारे झण्डाका लागि कांग्रेसका दुवै समूह कानुनी परामर्शमा

काठमाडौं । नेपाली कांग्रेस बुधबारबाट औपचारिक रुपमा विभाजन भएको छ

बुढासुब्बा गोल्डकप यही माघ २२ देखि

सुनसरी- प्रत्येक वर्ष धरानमा आयोजना हुने अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन