चीनविरोधी प्रस्ताव अमेरिकी सिनेटबाट पारित « Khabarhub

चीनविरोधी प्रस्ताव अमेरिकी सिनेटबाट पारित


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी सिनेटबाट चीन विरोधी प्रस्ताव पारित भएको छ । चीनका उइगुर मुसलमानलगायत अल्पसंख्यक समुदायको मानव अधिकार हनन् भइरहेको दाबी गर्दै अमेरिकी सिनेटमा चीन सरकारसँग जवाप माग्ने प्रस्ताव पारित भएको हो ।

सिनेटमा सर्वसम्मतिबाट पारित भएको अब अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा छलफलका लागि जानेछ।

कोभिड-१९ को महामारीका लागि अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई जिम्मेवार मान्दै आएका छन्। पछिल्लो प्रस्ताव दुई देशको सम्बन्ध चिसिएको उदाहरण हो।

उक्त प्रस्तावले चीनको सिन्जियाङ शहरका मुसलमान समुदायको मानव अधिकारको रक्षा गर्न र उनीहरूमाथि भइरहेको उत्पीडनको विरोध गरेको छ।

चीनले भने आफ्नो देशभित्र रहेका अतिवादीहरू कारवाही गर्दै आएको बताउँदै आएको छ।

गत वर्ष चीनले उक्त समुदायका करिब १० लाख जनालाई शिविरहरूमा राखेर उनीहरूको ‘ब्रेन वास’गराएको आरोपसहितको समाचार बीबीसीले लेखेको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : १४ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक