सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने सरकारी घोषणा « Khabarhub

सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने सरकारी घोषणा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मुलुकका सबै प्रदेशमा ५ सय शय्याको विशेषज्ञ अस्पताल बनाउने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै प्रदेशमा समेटिने गरीका विभिन्न ७ अस्पताललाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने कार्यक्रम सार्वजनिक गरेकी हुन् ।

घोषित कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य  विज्ञान प्रतिष्ठान जुम्लालाई ५ सय शय्याको विशेषज्ञ अस्पतालको रुपमा स्तरोन्नती गर्ने भएको छ ।

यस्तै प्रदेश नम्बर १ को विराटनगरस्थित साविकको अञ्चल अस्पताल कोशी अस्पताल,  प्रदेश नम्बर २ को वीरगञ्जमा रहेको नारायणी अस्पताल, वाग्मती प्रदेशको चितवनस्थित भरतपुर अस्पताल,  प्रदेश ५ को  बाँकेस्थित भेरी अस्पताल र सुदुरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताललाई ५ सय शय्याको अस्पताल बनाउने घोषणा गरेको हो ।

यस्तै प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पताललाई २५ देखि ५० शय्या र अञ्चल अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नती गरिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना