लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको भारतीय सेना प्रमुखको दाबी | Khabarhub Khabarhub

लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको भारतीय सेना प्रमुखको दाबी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज नरवणेले लिपुलेक विवादमा नेपाललाई कसैले उचालिरहेको दाबी गरेका छन्।

उनले अरु कसैको निर्देशनमा कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले आपत्ति जनाएको दाबी गरेका हुन् । तर नेपाललाई कसले उचालिरहेको छ भन्नेबारे उनले कसैको नाम भने लिएका छैनन्। उनले चीनलाई संकेत गरेको हुन सक्ने अनुमान गरिएको छ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिस (आइडिएसए) ले गरेको कार्यक्रममा प्रधानसेनापति नरवानेले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनु पर्ने कुनै कारण नभएको बताएका छन् ।

उनले कालापानीपूर्वको भूभाग नेपालको हो भन्दै सडक नदीभन्दा पश्चिममा बनाइएकाले नेपालीहरू केका लागि विरोध गरिरहेका छन् भन्ने बारे बुझ्न नसकेको बताएका छन् ।

उनले भारतले बनाइरहेको सडकले कसैमाथि हस्तक्षेप वा अन्तरविरोध नभएको समेत दाबी गरेका छन्।

उनले त्रिपक्षीय (नेपाल, भारत र चीनको) जक्सन कहाँ हुनुपर्छ भन्ने मुद्दा टुंगिन बाँकी रहेको उल्लेख गर्दै उनले भने, ‘नेपालले अरू कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्छ ।’

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट नेपालको कालापानी हुँदै मानसरोवर जोड्ने  सडक ट्रयाक उद्घाटन गरेपछि नेपालमा विरोध भएको छ ।

यसअघि कालापानी पश्चिम काली नदी पूर्वको लिम्पियाधुरासहितका नेपाली गाउँलाई भारतको नक्सा हालेर प्रकाशित गरेपछि पनि नेपालमा विरोध भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : १२ बजे

सेवा प्रवाहमा सुधारको महसुस गराउन सरकार प्रयत्नशील छ : मन्त्री भण्डारी

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सेवा प्रवाहमा

माइती नेपालमा प्रधानमन्त्री ओली : एक करोड सहयोग दिने घोषणा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको गौशलास्थित

एआईजीमा बढुवा भएका केसी र कडायतको पदस्थापन

काठमाडौं- सरकारले दुईजना प्रहरी अधिकारीलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेको

हिमालयन बैंकको ३२‍औँ साधारणसभा सम्पन्न

काठमाडौं– हिमालयन बैंक लिमिटेडको ३२‍औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

आजका समाचार : चार अध्यादेश जारी हुँदा एउटा अड्कियो, रवि बुधबारसम्म हिरासतमै र झन् फैलिँदै लस एन्जलसको आगो

‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’प्रधानमन्त्री