कोरोना भाइरस : विश्वभर ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु « Khabarhub

कोरोना भाइरस : विश्वभर ४ लाख ३५ हजारभन्दा बढीको मृत्यु


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ । एकै दिन १ लाख २१ हजार ९७१ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ७९ लाख ८२ हजार ४९५ पुगेको छ ।

संक्रमित ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ भने ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ८२ हजार ८६८ जनाको मृत्यु भएको छ ।

२२ लाख ५ हजार ८४८ जना संक्रमित भएकोमा ११ लाख ६७ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ४४ हजार ९६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ७९ हजार ५७३ पुगेको छ । त्यसमध्ये १० लाख ६९ हजार ८३८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ४० हजार २४८ जनाको मृत्यु भएको छ । १६ लाख १७ हजार १८४ जना संक्रमित भएकोमा ९ लाख ९० हजार ४७४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ६० हजार ४५७ जनाको मृत्यु भएको छ । १४ लाख २५ हजार ६९६ जना संक्रमित भएकोमा ७ लाख ५४ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ६ हजार ४८८ जनाको ज्यान गएको छ भने २ लाख ४४ हजार ५४२ संक्रमित छन् । संक्रमितमध्ये १ लाख १२ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ९३१ जना संक्रमित भएकोमा ८ हजार ४२६ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : १८ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल