कोरोना संक्रमण फैलिन नदिन फ्रान्समा लगाइएका अधिकांश प्रतिबन्ध फुकुवा « Khabarhub

कोरोना संक्रमण फैलिन नदिन फ्रान्समा लगाइएका अधिकांश प्रतिबन्ध फुकुवा


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन फ्रान्सले लगाएको अधिकांश प्रतिबन्ध फुकुवा गरेको छ ।

देशबासीलाई टेलिभिजनबाट सम्बोधन गर्दै  राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यसअघि लागु गरिएका अधिकांश प्रतिबन्ध आजदेखि लागु हुने गरी फुकुवा गरिएको घोषण गरेका छन् ।

उक्त घोषणासँगै फ्रान्समा क्याफे तथा रेस्टुरेन्टहरु खुल्ने भएका छन् । यस्तै युरोपका अरु देशमा यात्रा गर्न पनि पाइने भएको छ ।

केयर होममा रहेका आफन्तहरुसँग भेटघाट गर्न पनि पाइने भएको छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी केयर होमहरु प्रभावित भएका थिए ।

युरोपका अरु देशहरुले पनि सोमबारदेखि सीमा खुला गरेका छन् । यद्यपि कोरोना भाइरसको संक्रमण पुनः फर्किन सक्ने भन्दै उनले सावधानी अपनाउन देशवासीलाई अपिल गरेका छन् ।

उक्त घोषणासँगै अब जुन २२ देखि विद्यालय पनि पनि सञ्चालनमा आउने छन् भने मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा गरिने माक्रोँले जनाएका छन् ।

कोरोना भाइरसका संक्रमित बढेपछि फ्रान्समा मार्च १७ तारिखदेखि लकडाउन कडा गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : १४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५