कोरोना संक्रमण फैलिन नदिन फ्रान्समा लगाइएका अधिकांश प्रतिबन्ध फुकुवा « Khabarhub

कोरोना संक्रमण फैलिन नदिन फ्रान्समा लगाइएका अधिकांश प्रतिबन्ध फुकुवा


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन फ्रान्सले लगाएको अधिकांश प्रतिबन्ध फुकुवा गरेको छ ।

देशबासीलाई टेलिभिजनबाट सम्बोधन गर्दै  राष्ट्रपति इम्यानुएल म्याक्रोँले कोरोना भाइरसको संक्रमण फैलिन नदिन यसअघि लागु गरिएका अधिकांश प्रतिबन्ध आजदेखि लागु हुने गरी फुकुवा गरिएको घोषण गरेका छन् ।

उक्त घोषणासँगै फ्रान्समा क्याफे तथा रेस्टुरेन्टहरु खुल्ने भएका छन् । यस्तै युरोपका अरु देशमा यात्रा गर्न पनि पाइने भएको छ ।

केयर होममा रहेका आफन्तहरुसँग भेटघाट गर्न पनि पाइने भएको छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी केयर होमहरु प्रभावित भएका थिए ।

युरोपका अरु देशहरुले पनि सोमबारदेखि सीमा खुला गरेका छन् । यद्यपि कोरोना भाइरसको संक्रमण पुनः फर्किन सक्ने भन्दै उनले सावधानी अपनाउन देशवासीलाई अपिल गरेका छन् ।

उक्त घोषणासँगै अब जुन २२ देखि विद्यालय पनि पनि सञ्चालनमा आउने छन् भने मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन जुन २८ तारिखमा गरिने माक्रोँले जनाएका छन् ।

कोरोना भाइरसका संक्रमित बढेपछि फ्रान्समा मार्च १७ तारिखदेखि लकडाउन कडा गरिएको थियो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : १४ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब