पर्वतमा पहिरोले पुरिएका ८ जनाको शव फेला « Khabarhub

पर्वतमा पहिरोले पुरिएका ८ जनाको शव फेला


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिरोले पुरिएका ८ जनाको शव फेला परेको छ ।

शनिवार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका ८ जनाको शव फेला परेको हो । मृत्यु भएका ८ जना दुई घरपरिवारका व्यक्ति भएको खुलेको छ ।

वेपत्ता एक जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । वेपत्ता भएकी १३ वर्षीय जेनिश विकको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिर्पा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, र ७ वर्षीया प्रमिसा विक छन् । अहिले पनि वर्षा भइरहेकाले समस्या भएको जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ८ : १० बजे

मधेसको आर्थिक विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका छ : मुख्यमन्त्री यादव

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशको समग्र आर्थिक विकासमा

टर्कीको इस्तानबुलस्थित इजरायली नियोगमा गोली चल्दा तीन जनाको मृत्यु

काठमाडौं- टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इजरायली नियोगमा गोली

सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र

ट्रम्पको धम्कीलाई चुनौती दिँदै पावर प्लान्ट वरिपरि मानव साङ्लो बनाउने इरानको तयारी

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि व्यापक हमलाका लागि निर्धारण

भाउजुका नाममा एसईई दिने नन्द पक्राउ

इनरुवा– जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित श्री पृथ्वीनारायण माध्यमिक विद्यालय